ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी प्रभावित क्षेत्रमा राहत टोली परिचालन


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ५ : २५   बजे

काठमाडौं । संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख टोम फ्लेचरले नेपालमा आएको विनाशकारी बाढीपछि आपत्कालीन उद्धार टोली परिचालन गरिएको बताउनुभएको छ। उहाँका अनुसार थप उद्धार टोलीलाई समेत तयारी अवस्थामा राखिएको छ।

अन्तर्राष्ट्रिय राहत प्रयासको समन्वय गरिरहेको संयुक्त राष्ट्रसंघले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का कर्मचारीहरू १० हजार मानिसलाई तीन महिनासम्म पुग्ने औषधि, टेन्ट तथा आवश्यक आपूर्ति सामग्रीसहित प्रभावित क्षेत्रमा पुगिसकेको जनाएको छ।

आपत्कालीन चिकित्सा सेवा, आश्रय तथा खानेपानी व्यवस्थापनका लागि संयुक्त राष्ट्रसंघको केन्द्रीय आपत्कालीन कार्य कोषबाट तत्काल २० लाख अमेरिकी डलर छुट्ट्याइएको फ्लेचरले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिनुभएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाको सहभागिता

सेभ द चिल्ड्रेनले नुवाकोटमा आफ्ना कर्मचारी परिचालन गर्न सुरु गरेको छ। नेपाल रेडक्रसले पनि प्रभावित क्षेत्रमा २०० वटा आपत्कालीन आश्रय प्याकेज पठाइएको जनाएको छ।

विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थाले विपद् प्रभावितका लागि सहयोगको प्रतिबद्धता जनाएका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

भारत र युरोपेली संघ (ईयू)ले समेत राहत तथा उद्धार कार्यमा सहयोग गर्ने घोषणा गरेका छन्।

उद्धार टोली परिचालन

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाली सेनाका टोली बाढी आएदेखि नै उद्धार कार्यमा खटिएका छन्। प्रतिकूल मौसम तथा सडक अवरुद्ध भएका कारण चिनियाँ उद्धार टोली भने मुख्य प्रभावित क्षेत्र केरुङ नाकामा बिहीबार मात्र पुग्न सकेका हुन्।

केरुङ नाकासहित बाढीबाट अतिप्रभावित क्षेत्रमा राहत सामग्री वितरण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन विभिन्न टोली परिचालन गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

भोटेकोसी बाढी नेपाल मात्र होइन, विश्वव्यापी संकटको संकेत हो : प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रचण्डको प्रश्न– ‘संसद्मा कसैको अनुहार नहेरी आउँछ–जान्छ, यो के तरिका हो ?’

भोटेकोसी बाढीपछि नुवाकोटका विद्यालय अनिश्चितकालका लागि बन्द

प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले ४० करोड सहयोग गर्ने

विपद्मा नेतृत्वको काम आफैँ उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु हो : पराजुली

भोटेकोसी बाढी नेपाल मात्र होइन, विश्वव्यापी संकटको संकेत हो : प्रचण्ड

सुरुङ उद्धारमा ढिलाइबारे कांग्रेस आक्रोशित : ‘मृत्यु हो कि हत्या ? सरकारले जिम्मा लिनुपर्छ’ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu