काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर गरिएको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
Originally published on abcnews.com.np.
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर गरिएको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
बिहीबार न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको इजलासले महाधिवेशन रोक्न अन्तरिम आदेश नदिने निर्णय गरेको हो।
कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा पूरक निवेदन दर्ता गराएका थिए।
तर, सर्वोच्चले उनीहरूको मागबमोजिम अन्तरिम आदेश जारी नगरेपछि कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया अघि बढाउने बाटो खुलेको छ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्