ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीप्रति बेलायतका राजा चार्ल्सको दुःख व्यक्त


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ४ : २५   बजे

काठमाडौं । संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीयले नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

राजा चार्ल्सले शुक्रबार जारी गरेको सन्देशमा बेलायतका धेरै मानिसहरूको नेपाल तथा प्रभावित हिमाली क्षेत्रसँग बलियो, गहिरो र व्यक्तिगत सम्बन्ध रहेको उल्लेख गर्दै विपद्मा आफ्ना प्रियजन गुमाएकाहरू तथा परिवारजनको अवस्थाबारे चिन्तित रहेकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

उनले बाढी तथा विपद्को समयमा अरूको जीवन बचाउने क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारप्रति पनि हार्दिक सहानुभूति प्रकट गरेका छन्।

“अरूको सेवामा आफ्नो साहसिक कर्तव्य निर्वाह गर्ने क्रममा ज्यान गुमाएका सबै सुरक्षाकर्मीका परिवारहरूप्रति पनि हाम्रो हार्दिक सहानुभूति छ,” राजा चार्ल्सको सन्देशमा उल्लेख छ।

उद्धार तथा राहत कार्यमा निःस्वार्थ रूपमा खटिरहेका सुरक्षाकर्मी, उद्धारकर्ता र स्वयंसेवकहरूप्रति पनि उनले धन्यवाद व्यक्त गरेका छन्।

प्रभावितप्रति विशेष सोच र प्रार्थना

राजा चार्ल्सले बाढीबाट प्रभावित सबै नागरिकप्रति आफ्नो विशेष सोच र प्रार्थना रहेको बताएका छन्। विपद्को यस कठिन घडीमा आवश्यकतामा परेकाहरूलाई सहयोग र समर्थन गर्न संयुक्त अधिराज्य बेलायत सधैँझैँ तयार रहेको उनको सन्देशमा उल्लेख छ।

नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि विभिन्न देश तथा अन्तर्राष्ट्रिय समुदायले नेपालप्रति ऐक्यबद्धता जनाउँदै राहत, उद्धार र पुनर्स्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाइरहेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

CBC Directs Staff To Avoid Labeling 9/11 Attacks As ‘Terrorism’

Nepal Prime Minister Updates on Flood Rescue and Relief Efforts

Nepal Flash Floods Claim 359 Lives, Hundreds Remain Missing

Nepal Establishes Emergency Team To Aid Foreign Nationals After Deadly Floods

Nepal Army Airlifts Hundreds After Bhotekoshi River Flash Flood

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu