काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका चार जना कर्मचारी सम्पर्कमा आएका छन्। उनीहरू असोज २८ गतेदेखि सम्पर्कविहीन थिए। आयोजना स्रोतका अनुसार इन्जिनियर नवीन राई, सुरक्षा गार्ड टेकबहादुर थापा, हेल्पर रमेश पाण्डे र चालक दिपेन्द्र कार्की सम्पर्कमा आएका हुन्। उनीहरू आयोजनास्थल आसपासकै क्षेत्रमा फेला परेका बताइएको छ। बेपत्ता कर्मचारीको खोजी कार्य भइरहेका बेला उनीहरू सम्पर्कमा आएका हुन्। प्रहरीले उनीहरूसँग घटनाबारे सोधपुछ तथा बयान लिने प्रक्रिया अघि बढाएको जनाएको छ। चारै जना सम्पर्कमा आएपछि उनीहरूको स्वास्थ्य अवस्थाबारे समेत जाँच गरिएको बताइएको छ। उनीहरू कसरी सम्पर्कविहीन भए र कहाँ रहेका थिए भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। घटनाबारे विस्तृत विवरण भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्