ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी–त्रिशूली बाढी : विभिन्न अस्पतालमा ३९३ शव, पहिचान अझै हुन सकेन


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ४ : ४५   बजे

काठमाडौं । रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी मृत्यु भएकाहरूको शव वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न अस्पताल तथा स्थानमा राखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म विभिन्न स्थानबाट संकलन गरिएका ३९३ शवको पहिचान हुन सकेको छैन।

प्राधिकरणका अनुसार रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी, पाल्पा, रुपन्देही र कपिलवस्तुलगायतका जिल्लामा नदीले बगाएर ल्याएका शव फेला परेका हुन्।

रसुवामा फेला परेका तीन शव जिल्ला अस्पताल धुन्चेमा राखिएको छ। धादिङमा फेला परेका २७ शव पोखरास्थित अस्पतालमा तथा थप ६ शव शिक्षण अस्पतालमा राखिएको छ। नुवाकोटमा फेला परेका २३ शव पनि शिक्षण अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ।

सबैभन्दा धेरै शव चितवन क्षेत्रमा फेला परेका छन्। चितवनमा फेला परेका ११५ शव जिल्ला अस्पताल भरतपुरमा राखिएको छ भने २२ शव औद्योगिक व्यावसायिक विकास प्रतिष्ठानको भवनमा राखिएको छ।

यस्तै तनहुँमा फेला परेका नौ शव मणिपाल अस्पताल पोखरा र १९ शव गण्डकी अस्पताल पोखरामा राखिएको छ। गोरखामा फेला परेका २१ शव प्रदेश अस्पताल गोरखा तथा ११ शव गण्डकी अस्पताल पोखरामा राखिएको छ।

नवलपरासीका विभिन्न स्थानमा फेला परेका शव मध्यविन्दु नगर अस्पताल चोरमारा, गैँडाकोट नगर अस्पताल, मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा तथा अन्य अस्पतालमा राखिएको छ। पाल्पा र पोखराका अस्पतालमा समेत शव राखिएका छन्।

पश्चिम नवलपरासीमा फेला परेका शव पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको छ भने रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पताल तथा कपिलवस्तुको पिपरा अस्पतालमा पनि शव राखिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

बाढीले बगाएर विभिन्न स्थानमा पुर्‍याएका शवहरूको पहिचान हुन नसक्दा चुनौती थपिएको छ। प्राधिकरणले फेला परेका शव संकलन गर्ने, सुरक्षित स्थानमा राख्ने तथा पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाउने काम भइरहेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भारतसँग जीटुजीमार्फत २५ हजार मेट्रिक टन डीएपी मल खरिद गरिने

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

Sudurpaschim Province Allocates Funds for Bhotekoshi Flood Relief

Bhotekoshi River Flow Increases, But Lake Remains Stable, Chinese Officials Say

Over 200 Nepal Electricity Authority Employees Missing After Bhotekoshi Flood

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu