ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूली बाढी: नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ४ : ०५   बजे

काठमाडौं । त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण नुवाकोटमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार शनिबार बिहान ७ बजेसम्म प्राप्त विवरणमा बाढीमा परी ५१ जनाको मृत्यु भएको छ भने ४०५ जना बेपत्ता छन्।

प्रशासनका अनुसार मृत्यु भएका ५१ जनाको शव प्राप्त भए पनि हालसम्म सनाखत हुन सकेको छैन। बाढीमा परी ४० जना घाइते भएका छन्। बेपत्ताको संख्या आफन्त तथा परिवारजनबाट जिल्ला प्रशासन कार्यालयमा प्राप्त सूचनाका आधारमा कायम गरिएको हो।

बाढीबाट विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिका बढी प्रभावित भएका छन्। विदुर नगरपालिकाका वडा नं १, २, ४, ५, ७, १० र १२, बेलकोटगढी नगरपालिकाका वडा नं ५, ७, ८ र ९ तथा किस्पाङ गाउँपालिका–५ को शान्तिबजार क्षेत्र मुख्य प्रभावित क्षेत्रका रूपमा रहेका छन्।

बाढीले जिल्लाका करिब ७०० देखि ८०० निजी घरमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। क्षतिको यकिन विवरण सङ्कलन गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बाढीबाट आठ सरकारी कार्यालयका भवनमा क्षति पुगेको छ भने कृषि विकास बैंकको भवनसमेत प्रभावित भएको छ। त्यस्तै, तीन जलविद्युत् गृह र चार विद्यालयमा आंशिक क्षति पुगेको छ। क्षति पुगेका विद्यालयमध्ये एउटा सरकारी र तीन निजी रहेका छन्।

सडक तथा पुल संरचनामा पनि बाढीले ठूलो क्षति पुर्याएको छ। हालसम्म १५ पक्की पुल र नौ झोलुङ्गे पुलमा क्षति पुगेको विवरण प्राप्त भएको प्रशासनले जनाएको छ। बाढीका कारण गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्री पुर्याउन र आवतजावत सहज बनाउन चुनौती थपिएको छ।

बाढीले केन्द्रीय कारागार नुवाकोटको संरचनामा समेत क्षति पुर्याएको छ। कारागारका खम्बा तथा कम्पाउण्ड पर्खाल बगाउनुका साथै केही भाग पुरिएको र कार्यालय भवनको भुइँतल्लासमेत बाढीले पुरेको प्रशासनले जनाएको छ। कारागारमा रहेका कैदीबन्दी भने सुरक्षित रहेको प्रशासनले स्पष्ट पारेको छ।

बाढीपछि उद्धार कार्यलाई तीव्रता दिइएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म हेलिकप्टरमार्फत एक हजार ८२३ जना र स्थलमार्गबाट ८५ जनाको उद्धार गरिएको छ।

बाढी प्रभावित तथा विस्थापित नागरिकलाई जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका आश्रयस्थलमा राखिएको छ। हालसम्म ७९१ जनालाई विभिन्न आश्रयस्थलमा व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ। कतिपय प्रभावित नागरिक आफन्तको घरमा आश्रय लिइरहेकाले आवश्यकताअनुसार उनीहरूलाई समेत आश्रयस्थलमा व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले बाढी तथा पहिरोको जोखिम अझै कायम रहेकाले नदी तटीय तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन विज्ञप्तिमार्फत आग्रह गरेको छ। प्रशासनले संकटको यस घडीमा धैर्य कायम राख्दै सुरक्षित स्थानमा बस्नसमेत अनुरोध गरेको छ।

उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन स्थानीय तह, राजनीतिक दल, विभिन्न सङ्घसंस्था, नेपाल रेडक्रस, सञ्चारकर्मी तथा आम नागरिकलाई समन्वय र सहयोगका लागि प्रशासनले अपिल गरेको छ।

उपलब्ध स्रोत–साधनलाई प्रभावकारी रूपमा परिचालन गर्दै प्रभावित नागरिकको खोजी, उद्धार, उपचार तथा आश्रय व्यवस्थापनलाई प्राथमिकतामा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

गण्डकीको ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा फणीन्द्र देवकोटा नियुक्त

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Floods: Father’s Desperate Search for Missing Son

Egyptian Tour Guide Abbas Sayed Bridges Cultures Between China and Egypt

Moderate Rainfall Expected in Bhotekoshi Flood-Affected Areas

HoR Meeting to Discuss Bhotekoshi Flood Response

Flood Insurance Claims Reach Rs. 25.87 Billion in Nepal

भारतबाट नेपालमा ११ सदस्यीय उद्धार टोली, ५.५ टन औषधि पठाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu