गुल्मी । रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा अध्यागमन अधिकृतका रूपमा कार्यरत यादव भण्डारीको बाढीमा परेर निधन भएको छ ।
यसअघि गुल्मीको सत्यवती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत भण्डारीको भोटेकोशीमा आएको बाढीमा परी निधन भएको पुष्टि भएको हो ।
गुल्मीबाट बसाइँसराइ गरी नवलपरासीको सुस्ता गाउँपालिका–१ मा बस्दै आएका ३७ वर्षीय भण्डारी कर्तव्यनिष्ठ र कर्मठ राष्ट्रसेवकका रूपमा परिचित थिए।
कार्यरत रहेकै अवस्थामा आएको बाढीमा परी उनी बेपत्ता भएका थिए । लामो खोजीपछि उनको शव नवलपरासीमा फेला परेको हो ।भण्डारीको शव पोखरा ल्याइएपछि उनका दाजु चुडामणिले पहिचान गरेका हुन्।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्