ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ४ : ५९   बजे

 

काठमाडौं । शंकर ग्रुपले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको छ।

शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषका लागि उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

नगद सहयोगसँगै ग्रुपले प्रभावित परिवारका लागि २५ लाख रुपैयाँ बराबरका २ हजार ५ सय टार्पोलिन टेन्ट समेत उपलब्ध गराएको जनाएको छ।

बाढी तथा विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शंकर ग्रुपले उद्धार तथा राहत कार्यमा खटिएका सरकारी निकाय, सुरक्षाकर्मी तथा अन्य सम्बन्धित पक्षप्रति आभार व्यक्त गरेको छ।

राष्ट्रिय संकटको घडीमा सरकार र नागरिकसँग काँधमा काँध मिलाएर उभिनु आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व भएको ग्रुपले जनाएको छ।

विपद्बाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता शंकर ग्रुपले व्यक्त गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

ढुङ्गे क्षेत्रमा यातायात सेवा सञ्चालनमा, बेत्रावतीसम्म पुग्न सहज

सम्बन्धित

कृष्णभीरमा सडक भासिएपछि राजधानीमा ग्यास अभाव नहोस् भनेर वैकल्पिक व्यवस्था

विदेशी मुद्राको भाउ ओरालो, डलर ३४ पैसा घट्यो

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली क्यूआरबाट ठगी, राष्ट्र बैंकको सतर्कता अपिल

रसुवाको टिमुरेमा नेपाली सेनाले भेटायो बैंकका पाँच सेफ

एनआरएनएद्वारा बाढीपीडितको राहतका लागि १ करोड रुपैयाँ सहयोग

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एकैदिन ६० करोडभन्दा बढी संकलन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu