ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढी–पहिरोबाट ७ हजार ५७० भवनमा क्षति


ABC NEWS
१६ भदौ २०८३, मंगलबार   ८ : २५   बजे

काठमाडौं । भोटेकोसी नदीमा आएको बाढी तथा त्यससँगै गएको पहिरोबाट ७ हजार ५७० वटा भवनमा क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहराका अनुसार यसअघि ५ देखि ६ हजार भवनमा क्षति पुगेको अनुमान गरिए पनि पछिल्लो अद्यावधिक विवरणमा क्षतिग्रस्त भवनको संख्या ७ हजार ५७० पुगेको हो।

उनका अनुसार क्षतिको विवरण संकलन तथा वर्गीकरणको काम अझै जारी रहेकाले क्षतिग्रस्त भवनको संख्या थपघट हुनसक्नेछ।

नुवाकोटमा सबैभन्दा बढी क्षति

प्रारम्भिक विवरणअनुसार नुवाकोटमा ३ हजार ९७७ वटा घरमा क्षति पुगेको छ।

नुवाकोटको विदुरमा मात्रै ३ हजार २६, किस्पाङमा ६९६, बेलकोटगढीमा २९२ र तारकेश्वरमा ४३ घर क्षतिग्रस्त भएका छन्।

बाढी तथा पहिरोबाट नुवाकोटमा भएको क्षति अन्य प्रभावित जिल्लाको तुलनामा सबैभन्दा धेरै देखिएको छ।

रसुवामा १ हजार ७७९ घर क्षतिग्रस्त

रसुवामा १ हजार ७७९ घरमा क्षति पुगेको प्रारम्भिक तथ्यांक छ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा मात्रै १ हजार ४० वटा घर क्षतिग्रस्त भएका छन्। यस्तै, कालिकामा ११२, आमाछोदिङ्मोमा ५७ र उत्तरगयामा ५६७ घरमा क्षति पुगेको विभागले जनाएको छ।

धादिङमा १ हजार ४५१ घरमा क्षति

धादिङमा बाढी तथा पहिरोबाट १ हजार ४५१ घर प्रभावित भएका छन्।

बेनीघाट रोराङमा सबैभन्दा बढी १ हजार ३७, गल्छीमा १०७, गजुरीमा ८९ र सिद्धलेकमा २२८ घरमा क्षति पुगेको महानिर्देशक बोहराले जानकारी दिए।

गोरखा र चितवनमा पनि क्षति

यसैगरी, गोरखामा २६३ र चितवनको इच्छाकामना गाउँपालिकामा १६१ घर क्षतिग्रस्त भएको प्रारम्भिक विवरण छ।

गोरखाको गण्डकी गाउँपालिकामा २४८ र सहिद लखन गाउँपालिकामा १५ घरमा क्षति पुगेको विभागले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा विस्तृत प्राविधिक अध्ययन तथा क्षतिको वर्गीकरणपछि मात्रै पूर्ण क्षतिको यकिन विवरण आउने विभागको भनाइ छ। अहिले संकलित तथ्यांक प्रारम्भिक भएकाले थप विवरण प्राप्त हुँदै जाँदा प्रभावित भवनको संख्या परिवर्तन हुनसक्ने बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी : १७ विद्यालयमा क्षति, करिब १० हजार विद्यार्थीको पढाइ ठप्प

भोटेकोसी बाढी उद्धारमा स्थानीय तहलाई बेवास्ता गरिएको नागरिक अगुवाको आरोप

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

गाँजाबाट समृद्धिको सपना : प्रतिबन्ध खोल्ने सरकारी तयारी, सम्भावना र चुनौती

सरकार बाढीपीडितसम्म पुग्न सकेन : रामकुमारी झाँक्री

बाढीमा मृत्यु भएकामध्ये १ हजार ५० शव फेला, पहिचान नभएकाको वैज्ञानिक प्रक्रियाबाट व्यवस्थापन

चापाकोटका वडाध्यक्ष भुपराज वस्तीमाथि मोविल छ्यापियो

भोटेकोसी बाढी : १७ विद्यालयमा क्षति, करिब १० हजार विद्यार्थीको पढाइ ठप्प

गैरसरकारी विधेयक कार्यसूचीमा नपरेपछि पूर्वमुख्यमन्त्री शर्माको सदनमै धर्ना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu