ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमालयमा हिमनदी बाढीको जोखिम बढ्दै, लाखौँ मानिस विस्थापित हुन सक्ने राष्ट्रसंघको चेतावनी


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ८ : ४५   बजे

काठमाडौं । संयुक्त राष्ट्रसंघकी एक वरिष्ठ अधिकारीले हिमालयी क्षेत्रमा भविष्यमा पनि हिमनदी बाढी र हिमनदी ताल फुटेर आउने बाढीको जोखिम उच्च रहेको चेतावनी दिएकी छन्।

संयुक्त राष्ट्रसंघकी सहायक महासचिव कन्नी विग्नराजाले जलवायु परिवर्तनका कारण हिमनदी तीव्र गतिमा पग्लिँदा हिमालयी क्षेत्रमा यस्ता विपद्को जोखिम निरन्तर बढिरहेको बताइन्।

रोयटर्ससँग कुरा गर्दै उनले हिमनदी बाढीका कारण जलविद्युत् क्षेत्रमा ठूलो संकट आउनुका साथै नदी किनारमा बसोबास गर्ने लाखौँ मानिस विस्थापित हुन सक्ने बताइन्।

समाचारअनुसार सन् २०२० मा शोधकर्ताहरूले नेपाल, चीन र भारतमा ४७ वटा सम्भावित जोखिमयुक्त हिमनदी ताल पहिचान गरेका थिए। तर पछिल्ला अध्ययन तथा आकलनले जोखिममा रहेका यस्ता तालको वास्तविक संख्या अझै धेरै हुन सक्ने देखाएको छ।

विग्नराजाका अनुसार तापक्रम वृद्धिका कारण हिमनदीहरू तीव्र गतिमा पग्लिँदा हिमनदीको संरचना कमजोर हुँदै गएको छ। यसले हिमनदीका भाग खस्ने, ताल फुट्ने र त्यसबाट ठूलो बाढी आउने जोखिम बढाएको छ।

नेपालमा गत साता आएको विनाशकारी बाढी पनि हिमनदीको एक भाग भत्किएर खसेपछि आएको बताइएको छ। बाढीमा परी अहिलेसम्म एक हजारभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ।

बाढीका कारण नेपालका १० भन्दा बढी जलविद्युत् आयोजना प्रत्यक्ष प्रभावित भएका छन्। केही आयोजनाका सुरुङमा ठूलो संख्यामा कामदार फसेका छन्। उनीहरूको उद्धारका लागि प्रयास जारी रहे पनि कतिपयको अवस्थाबारे अझै यकिन हुन सकेको छैन।

संयुक्त राष्ट्रसंघले हिमालयी क्षेत्रमा बढ्दो हिमनदी तथा जलवायुजन्य विपद्को जोखिमलाई गम्भीर रूपमा लिएर पूर्वतयारी, जोखिम न्यूनीकरण र सुरक्षित पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

कांग्रेस संस्थापनइतर पक्षले मंसिर २१ देखि छुट्टै महाधिवेशन गर्ने

सम्बन्धित

भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्रीको जवाफ, विपक्षी दलको प्रश्न–‘उद्धारमा सरकार असफल’

बाढीको यस्तो प्रलय रोक्न नेपाललाई चाहिन्छ ठुल्ठूला बाँध

१० सेकेन्डको निर्णयले जोगियो ९ जनाको ज्यान, ६ दिनपछि घर फर्किए राजेन्द्र

जलवायु अभियन्ता अटलदेव ढकाल ग्लोकल टिन हिरो दक्षिण एसिया विजेता

आगामी तीन दिन प्रमुख नदीमा बहाव बढ्ने, सतर्क रहन आग्रह

आज देशभर वर्षाको सम्भावना, काठमाडौँमा दिउँसोपछि पानी पर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu