पाँचथर, ७ वैशाख । पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ मा हावाबाट बिजुली उत्पादन गर्न काम सुरु गरिएको छ ।
एसियाली विकास बैँकको ४ करोड ५० लाख रुपैँयाको आर्थिक सहयोगमा हावाबाट बिजुली उत्पादनको काम सुरु भएको हो । कुल लागतको १० प्रतिशत लगानी भने स्थानीय उपभोक्ता गर्ने भएका छन् ।
हावाबाट बिजुली उत्पादनको लागि ठेक्का सम्झौता समेत भइसकेको वडा नम्बर–२, वडाध्यक्ष सन्तोष सेर्माले बताउनुभयो । कामको ठेक्का टपसन इनर्जी काठमाडौँ र कृष्ण ग्रिल कम्पनी जेभी वीराटनगरले लिएका छन् । योजनाको प्राविधिक सहयोग वैकल्पिक उर्जा विकास केन्द्र काठमाडौँले गर्नेछ ।
सप्तमी सौर्य, वायु उर्जा मिनी ग्रिड योजना नाम दिइएको आयोजनामा सौर्यबाट ५० र वायुबाट २० गरी ७० किलोवाट विद्युत उत्पादन हुने र ६ महिनामा सक्नुपर्ने गरी ठेक्केदारसँग सम्झौता भएकोवडाध्यक्ष सेर्माले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्