ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपत्पछि प्रभावित र उद्धारकर्मीको मानसिक स्वास्थ्यमा ध्यान, मनोपरामर्श तीव्र


ABC NEWS
२० भदौ २०८३, शनिबार   ७ : ५५   बजे

काठमाडौं । भोटेकोशी नदीमा आएको हिमबाढीबाट ठूलो मानवीय क्षति भएपछि प्रभावित परिवारसँगै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मीको मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने भन्दै मनोसामाजिक सहयोग र परामर्शलाई प्राथमिकता दिइएको छ।

आफन्त गुमाएका परिवार, प्रत्यक्ष रूपमा विपत् भोगेका नागरिक तथा मृत्यु र विनाशका दृश्यसँग निरन्तर सामना गरिरहेका उद्धारकर्मीमा त्रास, तनाव, निराशालगायतका मानसिक समस्या देखिन सक्ने जोखिमलाई ध्यानमा राखेर सरकारले विभिन्न निकाय तथा संस्थासँगको सहकार्यमा मनोसामाजिक सेवा सञ्चालन गरिरहेको छ।

स्वास्थ्यसेवा विभागको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा. पोमावती थापाका अनुसार विपत् आएको सुरुदेखि नै प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगका कार्यक्रम सञ्चालन भइरहेका छन्। नुवाकोटका १४ वटा होल्डिङ सेन्टर र रसुवाका चार वटा केन्द्रमा पुगेर सेवा प्रदान गरिएको छ। मनोसामाजिक परामर्शकर्ता, मनोविद्, मनोचिकित्सक तथा मनोसामाजिक प्राथमिक सहायता प्रदान गर्ने ८८ जना जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

विपत्को लामो समयसम्म एउटै जनशक्तिमा मानसिक दबाब नपरोस् भनेर परिचालित स्वास्थ्यकर्मीको ड्युटीसमेत रोटेसनका आधारमा व्यवस्थापन गरिएको छ।

नुवाकोटमा प्रहरीको अस्थायी अस्पताल

नेपाल प्रहरी अस्पतालले नुवाकोटको विदुरमा १० शय्याको लेभल–वान अस्थायी अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ। प्रहरी नायब महानिरीक्षक डा. दामोदर पौडेलको नेतृत्वमा स्थापना गर्न लागिएको अस्पतालबाट शारीरिक उपचारसँगै विपत्पछिको मानसिक स्वास्थ्यसम्बन्धी समस्या र मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइनेछ।

अस्पतालमा क्रमशः चार जना विशेषज्ञ चिकित्सकसहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरिने र प्रयोगशाला सेवासमेत सञ्चालनमा ल्याइने तयारी छ। उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीलाई पनि सोही अस्पतालमार्फत मनोपरामर्श प्रदान गरिने जनाइएको छ।

आवश्यक स्वास्थ्य सामग्रीसहित सात सदस्यीय टोली तीन वटा ट्रकमा नुवाकोट पुगिसकेको प्रहरी अस्पतालले जनाएको छ।

मानसिक अस्पतालको छुट्टै टोली परिचालन

विपत् प्रभावितमा मनोपरामर्शको आवश्यकता बढेपछि मानसिक अस्पतालले पनि छुट्टै स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ। अस्पतालका निर्देशक डा. सुरज तिवारीका अनुसार डा. सुमन अर्यालको नेतृत्वमा पारामेडिक्ससहितको टोली प्रभावित क्षेत्रमा पुगेर सेवा दिएको छ।

स्वास्थ्यसेवा विभागबाट डा. नीराजन भट्टराईसहितको टोली पनि मनोपरामर्शका लागि परिचालन गरिएको छ। होल्डिङ सेन्टरमा रहेका नागरिकको स्वास्थ्य परीक्षणसँगै आवश्यकता अनुसार मनोसामाजिक परामर्श र अन्य स्वास्थ्य सेवा प्रदान भइरहेको छ।

उद्धारमा खटिएका सुरक्षाकर्मीलाई पनि परामर्श

नेपाल प्रहरीले उद्धारमा खटिएका सुरक्षाकर्मीको मानसिक स्वास्थ्यलाई समेत प्राथमिकतामा राखेको जनाएको छ। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार नेपाल प्रहरी अस्पतालबाट मनोपरामर्शदाता परिचालन गरी सुरक्षाकर्मीलाई आवश्यक सेवा प्रदान भइरहेको छ।

उद्धारमा खटिएका सुरक्षाकर्मीलाई विपत्को अवस्था र कामको आवश्यकताअनुसार रोटेसनमा परिचालन गरिएको छ।

यसैबीच नेपाल रेडक्रस सोसाइटीले त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभाग तथा परामर्श मनोविज्ञान कार्यक्रमसँगको सहकार्यमा नुवाकोटका बाढी प्रभावित क्षेत्रमा थप १२ जना मनोपरामर्शदाता स्वयंसेवक परिचालन गरेको छ।

उनीहरूले प्रभावित व्यक्ति, परिवार, समुदाय, विद्यालय तथा होल्डिङ सेन्टरमा रहेका महिला, बालबालिकालगायतलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रदान गर्नेछन्। स्वयंसेवकले घरघरमा पुगेर परामर्श दिने, समस्या पहिचान गर्ने र थप विशेषज्ञ सेवा आवश्यक परे सम्बन्धित निकायसँग समन्वय गरी सेवा उपलब्ध गराउनेछन्।

नेपाल रेडक्रसले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, शव व्यवस्थापन, पारिवारिक सम्पर्क पुनर्स्थापना र राहत वितरणसँगै मनोसामाजिक सहयोगका कार्यक्रम पनि निरन्तर सञ्चालन गरिरहेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी–पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध

रसुवा भोटेकोसी बाढी : मृतकको संख्या १,३४४ पुग्यो

सम्बन्धित

मानिसमा २७१ दिन चल्यो सुँगुरको मिर्गौला, अंग प्रत्यारोपणमा खुल्यो नयाँ सम्भावनाको ढोका

भोटेकोसी बाढीको कहर : रसुवाका चार स्वास्थ्य संस्था ध्वस्त, स्वास्थ्यकर्मीसमेत सम्पर्कविहीन

कैलाशमा २० वर्षमुनिका १११ किशोरी सुत्केरी, ७२ जनाको घरमै प्रसूति

बरेङ स्वास्थ्य शाखाको समिक्षा

कैलाशमा बालविवाहको असर : एक वर्षमा १११ किशोरी सुत्केरी

फोटो बोकेर आफन्त खोज्दै परिवार : शवगृह भरिएपछि सुरु भयो ‘अन्तिम प्रतीक्षाको’ अर्को पीडा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu