ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलाशमा २० वर्षमुनिका १११ किशोरी सुत्केरी, ७२ जनाको घरमै प्रसूति


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ८ : ३५   बजे

हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा २० वर्षमुनिका १११ जना किशोरी सुत्केरी भएका छन्।

गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार कम उमेरमा हुने विवाह तथा गर्भधारणका कारण किशोरी अवस्थामै मातृत्वको जिम्मेवारीमा पुग्ने अवस्था अझै कायमै छ। स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले पालिकास्तरीय स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरेका हुन्।

समीक्षा अवधिमा कैलाशमा १६२ जना महिलाले स्वास्थ्य संस्थामा प्रसूति गराएका छन् भने ७२ जनाले घरमै सुत्केरी भएका छन्। सो अवधिमा एक जना नवजात शिशुको मृत्यु भएको तथ्याङ्क छ।

गाउँपालिकाले किशोरी गर्भधारण न्यूनीकरण, संस्थागत प्रसूति बढाउने तथा घरमै हुने प्रसूति पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्य राखेको छ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले २० वर्षमुनिका किशोरी सुत्केरी हुने अवस्था अन्त्य गर्नु कैलाशको प्रमुख स्वास्थ्य चुनौतीमध्ये एक रहेको बताए।

विद्यालयदेखि समुदायसम्म सचेतना अभियानलाई प्रभावकारी बनाउँदै सबै पक्षको साझा प्रयास आवश्यक रहेको उनको भनाइ छ।

अध्यक्ष मुक्तानका अनुसार कैलाश–९ लाई शून्य होम डेलिभरी भएको वडा घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अन्य वडालाई पनि क्रमशः शून्य होम डेलिभरीतर्फ लैजाने योजना गाउँपालिकाको छ।

भौगोलिक विकटता, यातायातको असहजता तथा आवश्यक जनशक्ति र पूर्वाधारको अभावका कारण सबै स्वास्थ्य संस्थामा तत्काल बर्थिङ सेन्टर सञ्चालन गर्न कठिनाइ रहेको गाउँपालिकाले जनाएको छ।

वार्षिक समीक्षा कार्यक्रममा मातृ तथा बाल स्वास्थ्य, परिवार नियोजन, खोप, पोषण, सुरक्षित मातृत्व र समुदायस्तरीय स्वास्थ्य कार्यक्रमको उपलब्धि तथा चुनौतीबारे छलफल गरिएको थियो।

कार्यक्रममा स्वास्थ्य सेवाको पहुँच विस्तार, स्वास्थ्य तथ्याङ्क तथा रिपोर्टिङ प्रणालीलाई विश्वसनीय बनाउने र दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने विषयमा समेत जोड दिइएको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले मंसिर २१ देखि छुट्टै महाधिवेशन गर्ने

रसुवा बाढीः मृतक प्रहरी परिवारलाई १० लाख, सन्तानलाई निःशुल्क शिक्षा

सम्बन्धित

बरेङ स्वास्थ्य शाखाको समिक्षा

कैलाशमा बालविवाहको असर : एक वर्षमा १११ किशोरी सुत्केरी

फोटो बोकेर आफन्त खोज्दै परिवार : शवगृह भरिएपछि सुरु भयो ‘अन्तिम प्रतीक्षाको’ अर्को पीडा

गाँजाबाट समृद्धिको सपना : प्रतिबन्ध खोल्ने सरकारी तयारी, सम्भावना र चुनौती

भोटेकोसी बाढीका घाइतेको काठमाडौंका अस्पतालमा उपचार जारी, ट्रमा सेन्टरबाट ३४ जना डिस्चार्ज

भोटेकोशी बाढीमा मृत्यु भएका ९४ जनाको शव शिक्षण अस्पतालमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu