ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलाशमा बालविवाहको असर : एक वर्षमा १११ किशोरी सुत्केरी


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ५ : ५५   बजे

हेटौँडा, भदौ १७ गते । मकवानपुरको विकट कैलाश गाउँपालिकामा बालविवाह र कम उमेरमै गर्भधारणको समस्या अझै चुनौतीका रूपमा देखिएको छ। गाउँपालिकाको तथ्यांकअनुसार गत आर्थिक वर्षमा २० वर्षभन्दा कम उमेरका १११ किशोरी सुत्केरी भएका छन्।

स्वास्थ्य सेवाको पहुँच विस्तार र विद्यालय तथा समुदायस्तरमा सचेतना अभियान सञ्चालन भइरहे पनि किशोरी अवस्थामै मातृत्वको जिम्मेवारीमा पुग्ने संख्या अपेक्षाकृत घट्न नसकेको हो। गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय दुईदिने स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत तथ्यांकले बालविवाह तथा किशोरी गर्भधारणको अवस्था अझै गम्भीर रहेको देखाएको छ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले २० वर्षमुनिका किशोरी सुत्केरी हुने अवस्था अन्त्य गर्न पालिका, विद्यालय, परिवार, समुदाय तथा सामाजिक संघसंस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। विद्यालयदेखि समुदायसम्म सञ्चालन हुने सचेतना अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ।

“२० वर्षमुनिका किशोरी सुत्केरी हुने अवस्थालाई अन्त्य गर्न सबै पक्षको साझा प्रयास आवश्यक छ। विद्यालयदेखि समुदायसम्म सचेतना अभियानलाई अझ प्रभावकारी बनाउनुपर्छ,” अध्यक्ष मुक्तानले भन्नुभयो।

कैलाशमा सुरक्षित मातृत्वका लागि अर्को चुनौती घरमै सुत्केरी हुने प्रवृत्ति पनि देखिएको छ। गत आर्थिक वर्षमा १६२ जना महिलाले स्वास्थ्य संस्थामा प्रसूति गराएका छन् भने ७२ जनाले घरमै सुत्केरी गराएको गाउँपालिकाको तथ्यांक छ।

स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमका अनुसार स्वास्थ्य संस्थामा प्रसूति गराउने वातावरण निर्माणसँगै घरमै हुने प्रसूति न्यूनीकरणका लागि समुदायस्तरमा जनचेतना विस्तार गर्न आवश्यक छ। गाउँपालिकाले कैलाश–९ लाई शून्य होम डेलिभरी भएको वडा घोषणा गर्ने तयारीसमेत गरेको छ। अन्य वडालाई पनि क्रमशः शून्य होम डेलिभरीतर्फ लैजाने योजना रहेको अध्यक्ष मुक्तानले बताउनुभयो।

भौगोलिक रूपमा विकट कैलाशमा स्वास्थ्य सेवा विस्तार आफैँमा चुनौतीपूर्ण छ। दुर्गम बस्ती, यातायातको असहजता, आवश्यक जनशक्ति तथा पूर्वाधारको अभावका कारण सबै स्वास्थ्य संस्थामा तत्काल बर्थिङ सेन्टर सञ्चालन गर्न कठिनाइ रहेको गाउँपालिकाले जनाएको छ। यद्यपि स्वास्थ्यकर्मीको निरन्तर प्रयास र समुदायको सहभागिताबाट स्वास्थ्य क्षेत्रमा सुधार भइरहेको अध्यक्ष मुक्तानको भनाइ छ।

गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले वार्षिक समीक्षा कार्यक्रमले वर्षभरि सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको मूल्यांकनसँगै आगामी रणनीति निर्माणमा सहयोग पुगेको बताउनुभयो। उहाँले स्वास्थ्यसम्बन्धी तथ्यांक तथा रिपोर्टिङ प्रणालीलाई थप व्यवस्थित र विश्वसनीय बनाउन स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो।

समीक्षा कार्यक्रममा मातृ तथा बाल स्वास्थ्य, परिवार नियोजन, खोप, पोषण र सुरक्षित मातृत्वलगायत स्वास्थ्य सूचकको अवस्थाबारे छलफल गरिएको थियो। आगामी वर्ष किशोरी गर्भधारण न्यूनीकरण, संस्थागत प्रसूति वृद्धि, होम डेलिभरी पूर्ण रूपमा अन्त्य तथा मातृ र नवजात शिशुको स्वास्थ्यलाई प्राथमिकतामा राख्ने निष्कर्ष निकालिएको स्वास्थ्य शाखा प्रमुख गौतमले बताउनुभयो।

सार्वजनिक तथ्यांकअनुसार समीक्षा अवधिमा एक जना नवजात शिशुको मृत्यु भएको छ। एकातर्फ नवजात शिशुको मृत्यु न्यूनीकरण र सुरक्षित मातृत्वका क्षेत्रमा प्रयास भइरहँदा अर्कोतर्फ २० वर्षमुनिका १११ किशोरी सुत्केरी भएको तथ्यांकले कैलाशमा बालविवाह र किशोरी गर्भधारणलाई सामाजिक तथा स्वास्थ्य दुवै दृष्टिले गम्भीर चुनौतीका रूपमा देखाएको छ।

स्वास्थ्य सेवा विस्तारसँगै बालविवाह न्यूनीकरण, किशोरी शिक्षा, परिवार तथा समुदायमा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना र किशोरीमैत्री स्वास्थ्य सेवामा जोड दिन सके मात्र कम उमेरमा हुने गर्भधारण र मातृत्वको संख्या घटाउन सकिने देखिएको छ। कैलाश गाउँपालिका मकवानपुरको १० वडा भएको स्थानीय तह हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले मंसिर २१ देखि छुट्टै महाधिवेशन गर्ने

रसुवा बाढीः मृतक प्रहरी परिवारलाई १० लाख, सन्तानलाई निःशुल्क शिक्षा

सम्बन्धित

कैलाशमा २० वर्षमुनिका १११ किशोरी सुत्केरी, ७२ जनाको घरमै प्रसूति

बरेङ स्वास्थ्य शाखाको समिक्षा

फोटो बोकेर आफन्त खोज्दै परिवार : शवगृह भरिएपछि सुरु भयो ‘अन्तिम प्रतीक्षाको’ अर्को पीडा

गाँजाबाट समृद्धिको सपना : प्रतिबन्ध खोल्ने सरकारी तयारी, सम्भावना र चुनौती

भोटेकोसी बाढीका घाइतेको काठमाडौंका अस्पतालमा उपचार जारी, ट्रमा सेन्टरबाट ३४ जना डिस्चार्ज

भोटेकोशी बाढीमा मृत्यु भएका ९४ जनाको शव शिक्षण अस्पतालमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu