ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता सलहेश युवा क्लबले जितेको छ । शुक्रबार भएको फाइनलमा फिदिम स्पोर्टिङ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सहलेशले उपाधि हात पारेको हो ।
सलहेशका खेलाडी फागुराम थारुले दोस्रो हाफमा गरेको गोल नै उपाधिका लागि निर्णायक बन्यो । सलहेश युवा क्लबले भा रतको जर्जियन युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
यता झापा–११ लाई १–० गोल अन्तरले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेको थियो ।लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगितामा भारतको सहित आठ समूहको सहभागिता थियो ।
विजेता सलहेशले सात लाख दुई हजार ८३ तथा उपविजेता फिदिमले तीन लाख ५२ हजार ८३ नगद पुरस्कार प्राप्त गरे ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्