काठमाडौं, ७ वैशाख । गृहमन्त्री रामबहादुर थापा बादललाई यातायात व्यवसायी महासंघले ज्ञापन पत्र बुझाएका छन् । सरकार यतिबेला यातायातका क्षेत्रमा लागु भएको सिन्डिकेट हटाउने अभियानमा जुटिरहेको छ भने व्यवसायी भने त्यसको विरोध गर्दै आन्दोलित भएका छन् ।
प¥याप्त छलफल विना नै यातायातलाई सरकारले अनिवार्य रुपमा कम्पनीमा लैजान खोजेको भन्दै व्यवसायीले आपत्ति जनाएका छन् । गृहमन्त्रीलाई बुझाएको पत्रमा ४० प्रतिशतले प्रत्यक्ष रोजगार पाएको, १० खर्वभन्दा बढी निम्न मध्यम वर्गिय जनताको स्वदेशी पुँजी र सिंगो यातायात क्षेत्रलाई तहसनहस पारेको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्