ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काजकिरिया चल्दै गर्दा जीवितै उद्धार


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ७ : ३५   बजे

काठमाडौँ । परिवारका सदस्यहरूले चण्डिका श्रेष्ठको आशा मारिसकेका थिए । भोटेकोशी हिमबाढीबाट बेपत्ता भएको आठ दिनसम्म उनका दुई छोरा र आफन्तले वेत्रावती र त्रिशूली खोलाआसपास आमाबुवालगायत अन्य आफन्तको खोजी गरिरहे तर जीवित वा मृत कुनै अवस्थामा नभेटेपछि बाध्य भएर कुशको शव बनाई काजकिरिया सुरु गरेका थिए । तर, ११ औँ दिनमा उहाँको सकुशल उद्धार गरेर काठमाडौँको वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ ।

नुवाकोटको विदुर नगरपालिकाका मेलमिलापकर्ता रहेका अष्टमान डङ्गोलले चण्डिका र उनका श्रीमान् आनन्दलाललाई धेरै ठाउँमा खोजे पनि पत्ता लगाउन नसकिएको बताउनुभयो । उहाँले शङ्का लागेर सुरक्षाकर्मीलाई सो घर र त्यहाँ जाने बाटो देखाएर आफूले खोजीका लागि आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “वेत्रावती किनारछेउ उहाँहरूको पहिलेदेखि नै कपडा पसल थियो । बाढीले घरै बगाएर अर्कै ठाउँमा पुर्याएको थियो । २४ जनाको शव भेटिएको घरछेउमै भएकाले सो घरमा पनि भेटिन सक्ने अनुमान गरेर सुरक्षाकर्मीलाई आग्रह गरेको थिएँ । भगवान्को कृपाले उहाँ भेटिनुभयो तर उहाँका श्रीमान् भने अझै बेपत्ता हुनुहुन्छ ।”

उपचारका लागि काठमाडौँ ल्याएपछि अस्पतालमा भेट्न पुगेका चण्डिकाका सम्धी रमेशमान श्रेष्ठले आफ्ना सम्धीलगायत आफन्तहरू बाढीमा हराएको पीडाका बिच सम्धिनी सकुशल फेला परेकोमा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “छोराहरूले धेरै खोजी गर्दा फेला नपरेपछि उहाँको किरियाकर्म सुरु गरिएको थियो । आज सम्धिनी पाएकोमा खुसी लाग्यो । संसारमा भगवान् छन् जस्तो लागिरहेको छ ।” उहाँलाई अस्पतालमा भेट्न नपाए पनि बोल्न सक्ने सकुशल अवस्थामा रहेको उहाँले बताउनुभयो । बाढीबाट चण्डिकाका श्रीमान्, देउरानी, घरमा काम गर्ने एक व्यक्ति र एक जना नातेदार सोही घरबाट बेपत्ता भएको र उनीहरूको अहिलेसम्म केही अत्तोपत्तो छैन । शनिबार ६४ वर्षकी श्रेष्ठलाई बाढीको गेग्य्रानले पुरिन बाँकी रहेको क्षतिग्रस्त घरको चौथो तलाबाट सुरक्षाकर्मीले उद्धार गरेका थिए ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा ज्यान गुमाएकामध्ये २४४ शव शिक्षण अस्पतालमा

बाढीले चुमनुब्रीमा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

सम्बन्धित

पहिरोले कर्णाली करिडोर अवरुद्ध, दुई दर्जनभन्दा बढी पर्यटक अलपत्र

रोल्पाको सहिदमार्ग अवरुद्ध

कञ्चनपुरमा तीन घरको एउटै प्रतीक्षा : ‘बाबा कहिले आउनुहुन्छ?’

रसुवामा बाढीको कहर : ३ हजार ७१ अझै सम्पर्कविहीन, १ हजार ३१३ को जीवितै उद्धार

५८ वर्षपछि घर फर्किए यामबहादुर : परिवारले आशा मारेको दाजु फूलमालासहित स्वागत

काठमाडौँको ग्यास अभाव टार्न बाहिरबाटै दैनिक ३५ हजार सिलिन्डर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu