काठमाडौं, ८ वैशाख । छिमेकी मुलुक चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्रि प्रदीप ज्ञावली नेपाल फर्केका छन् । उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणको चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली चीन गएका थिए । साताव्यापी चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनका विदेशमन्त्री वाङ यीेले त्रिदेशी सम्बन्धबाट नेपालले लाभ उठाउन प्रस्ताव गरेको बताए ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले चीनले राखेको त्रिदेशीय अवधारणाको प्रस्तावलाई आफुहरुले सकारात्मक रुपमा लिएको पनि बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले चर्चामा आएजस्तो प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि मात्रै आफ्नो चीन भ्रमण नभएको स्पष्ट पारे ।
नेपालमा नयाँ सरकार गठनको नया परिस्थितिमा दुई देशीय सम्बन्ध प्रगाढ बनाउदै सहयोगका लागि नया क्षेत्र खोज्ने सन्र्दभमा भ्रमण केन्द्रीत भएको उनले बताए ।
भ्रमणका क्रममा आफुले अप्रिल १८ तारिखकै दिन विहान श्री वाङ यीसंग प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्तामा हामी दुवै पक्ष नेपाल‒चीन सम्वन्धलाई थप नयां उचाइमा पुर्याउन सहम तभएको उनले बताए । सन् २०१६ मा सम्पन्न प्रधानमन्त्री के.पी. शर्मा ओली र सन् २०१७ मा सम्पन्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को चीनभ्रमणको अवसरमा भएका संझौताहरु लगायत दुई देशवीच विगतमा भएका सवै संझौता तथा समझदारीहरुको शीघ्र कार्यान्वयन गर्न सहमत भएको र हामी दुवै पक्षले सम्पर्क सञ्जाल (Connectivity) र साझा संवृद्धिको लागि वन्दरगाह, रेलवे, सडक, हवाई यातायात, विद्युत र सञ्चार क्षेत्रहरु समेट्ने गरी दीर्घकालीनरुपमा हिमालय वारपार वहुआयामिक यातायात सञ्जाल (Trans-Himalayan Multidimensional Transport Network) विकास गर्ने विषयमा समान धारणा बनेको उनले बताए ।
त्यसैगरी, बी.आर.आई. अन्तर्गत पूर्वाधार, यातायात सञ्जाल, ब्यापार, पर्यटन तथा जनस्तरको सम्वन्ध विकासमा अझ धेरै द्विपक्षीय सम्वन्ध वढाउन र सो अन्तर्गत सहयोग परियोजना पहिचान गरी समयतालिका बनार्इ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको बताए ।
केरुङ –काठमाण्डौ, काठमाण्डौ –पोखरा हुदै लुम्बिनी जोड्ने सीमा वारपार रेलमार्ग चीन विशेष प्राथमिकता दिई बनाईदिओस् भन्ने प्रस्ताव गरेको उनले बताए । उनले रसुवागढी– केरुङ र तातोपानी झाङमु नाकाहरुको स्तरोन्नती तथा भुकम्प पछि अवरुद्ध बनेको तातोपानी नाका संचालन सम्बन्धमा पनि कुराकानी भएको उल्लेख गर्दै छिट्टै संञ्चालनमा आउनेमा आफु विश्वस्त भएको बताए ।
प्रतिक्रिया दिनुहोस्