सिन्धुली, ८ बैशाख । -सिन्धुली प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बेशक्याम्प राखेर सैन्य तालीम चलाएको सूचना पाएको छ ।
आज पत्रकार सम्मेलन गरेर प्रहरीले विप्लव पार्टीले हरिहरपुरगढी गाउँपालिकामा पूर्वी कमाण्डको वेशक्याम्प बनाउन थालेको र नेत्रविक्रम चन्दले यही वैशाख ५ गते शैन्य तालीमको समापन गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरीले त्यस क्षेत्रमा थप अनुसन्धान गरिरहेको बताएको छ । यो जानकारी पत्रकार सम्मेलनमा प्रहरी नायब निरीक्षक विनोद शर्माले दिएका हुन् ।
त्यसैबीच जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा विप्लब नेतृत्वका थप दुईजना कार्यकर्ता पक्राउ गरेको जनाएको छ ।
हरिहरपुरगढी गाउँपालिका– ६ कोवाडाँडाबाट हिजो दिउँसो ३ बजे उनीहरुलाई बम विष्फोटन गराउने सामग्री तथा बन्दोबस्तीका सामानसहित पक्राउ गरेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्