ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्चीको काम रोकियो


एबीसी न्यूज
९ बैशाख २०७५, आइतबार   ८ : ५७   बजे

काठमाडौं , ९ वैशाख। सरकारले काठमाडौंमा मेलम्चीको खानेपानी आगामी दसैंसम्म ल्याउने दाबी गरे पनि काममा भएको ढिलासुस्तीका कारण समयसीमाभित्र उपत्यकावासीको अपेक्षा पूरा नहुने भएको छ। मेलम्चीको सुरुङ खन्ने काम सकिए पनि अहिले आयोजनाको काम पूर्णरूपमा रोकिएको छ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले पैसा नभएर ठेकेदारले काम रोकेको जानकारी दिए। उनले भने, ‘हामीले दिनुपर्ने भुक्तानी दिइसकेका छौं। तर, काम रोकिएको छ। काम कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल जारी छ।’

आयोजनाको सुरुङ खन्ने काम सकिए पनि ‘फिनिसिङ’ हुन सकेको छैन। अहिलेसम्म ३.६ किलोमिटर मात्र सुरुङ फिनिसिङ’ भएको छ। सुरुङलाई पूर्ण रुपमा ढलान गरेपछि मात्र यसमा पानी पठाउन सकिन्छ।

इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी)ले पैसा अभाव भएपछि एक अर्ब ६५ करोड भेरियसन दाबी गर्दै आएको छ। चिनियाँ कम्पनीले काम छाडेपछि सरकारले सीएमसीसँग २०१४ मा तयारी सुरुङ निर्माण र हेडवक्र्सको कामका लागि सम्झौता गरेको थियो। सात अर्ब ७१ करोड रुपैयाँमा काम सक्ने गरी भएको सम्झौताअनुसार अहिलेसम्म सुरुङ खन्ने काम मात्र सकिएको छ। अहिलेसम्म हेडवक्र्स (इन्टेक) का लागि माटो काट्ने काम मात्र भएको छ भने सुरुङ फिनिसिङको काम भएको छैन।

आयोजनाका सिनियर डिभिजन इन्जिनियर पन्तले सुरुङ निर्माणको काम नसक्दासम्म पानी फर्काउन नसकिने बताए। उनले भने, ‘ठेकेदारले पैसा व्यवस्था गरेर काम थाल्छु भनेको छ। भुक्तानीको चिन्ता छैन। काम अगाडि बढ्यो भने पैसा दिन सकिन्छ।’ आयोजनाका लागि चालु आवमा विनियोजित चार अर्ब रुपैयाँ पुँजीगत बजेट खर्च हुन सकेको छैन। अहिलेसम्म ठेकेदारले भुक्तानी पाउनेभन्दा ७० करोड रुपैयाँ बढी लिइसकेको समितिले जनाएको छ।

रोकिएको काम कसरी अगाडि बढाउने भन्ने विषयमा आयोजना विकास समिति र ठेकेदारबीच पटक–पटक वार्ता भइसकेको छ। ठेकेदारले पैसा व्यवस्था गरेर काम थाल्ने वचन दिएको सिनियर डिभिजन इन्जिनियर पन्तको भनाइ छ।

सुरुङको काम सकिएपछि मात्र पानी फर्काएर इन्टेकको काम अगाडि बढाउन सकिन्छ। यसका लागि अस्थायी पाइप राखेर पानी टनेलमा खसाल्ने सोचमा आयोजना छ। वर्षाको समयमा पानीको बहाव बढ्ने भएकाले हिउँदभन्दा पहिला अस्थायी रूपमा पानी टनेलमा खसाल्न सक्ने अवस्था छैन।

सुरुङ खन्ने काम सकिएको अवसरमा खानेपानीमन्त्री बिना थापामगरले दसैंमा काठमाडौंंमा मेलम्चीको पानी आउने बताए पनि दाता एसियाली विकास बैंकले भने पुस १५ मा मात्र आयोजनाको पानी आउने जनाएको छ। बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०१८ को अन्त्यसम्म काठमाडौं उपत्यकामा वितरणका लागि प्रतिदिन थप १७ करोड लिटर खानेपानी उपलब्ध हुनेछ। नयाँ प्रणाली सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा दैनिक कम्तीमा २–४ घण्टा खानेपानी आपूर्ति हुनेछ।’

समयमा काम नसकिँदा आयोजनाको लागतसमेत बढ्दै गएको छ। ०७४ को असार मसान्तसम्म सक्ने गरी पछिल्लो समय २३ अर्ब ४५ करोड लागत अनुमान गरिएको थियो। तर, आयोजनाकै लागि ०७४ को माघसम्म २४ अर्ब ८३ करोड रुपैयाँ खर्च भइसकेको छ। आयोजनामा २१ दशमलव ४१ प्रतिशत रकम परामर्शदाताका लागि मात्र खर्च भएको देखिन्छ। अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group