ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालबालिकालाई साढे दुई लाखको छात्रवृत्ति


एबीसी न्यूज
१० बैशाख २०७५, सोमबार   ७ : १९   बजे

 

 

चितवन, १० वैशाख ।  दक्षिण चितवनको माडीस्थित पाण्डवनगरको सुकुम्वासी बस्तीका बोटे, माझीलाई रु दुई लाख ४० हजार बराबरको छात्रवृत्ति सहयोग गरिएको छ ।

लायन्स क्लब अफ चितवन सौराहाको संयोजनमा यहाँका विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति सहयोग गरिएको हो । छात्रवृत्तिका लागि अमेरिकन नागरिकले आर्थिक सहयोग गरेका थिए ।

आठ जना बालबालिकालाई पोषाकसहित एक वर्षलाई पुग्ने स्टेशनरीलगायत सामग्री वितरण गरिएको लायन्स क्लब अफ चितवन सौराहाको वर्ष २०१८\१९ का अध्यक्ष अरुण रिजालले जानकारी दिनुभयो ।

यसरी सहयोग गर्ने अमेरिकन नागरिकमा डेविट किन्सले, रिचर्ड तथा बब एण्ड केटी र स्टिभ एण्ड जोन दम्पती रहेका थिए । सोही क्रममा स्कूल जान प्रेरित गर्ने उद्देश्यले ३० जनाभन्दा बढी बालबालिकालाई समेत स्टेशनरी सहयोग गरिएको सौराहा लायन्सकी सदस्य सानी रिजालले जानकारी दिनुभयो ।

यता चितवन समाज जापानद्वारा चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत बिरामीलाई आइतबार रु ४० हजार आर्थिक सहयोग गरिएको छ । विपन्न परिवारकी क्यान्सर रोगी आकृति थापालाई सो रकम हस्तान्तरण गरिएको हो ।

आर्थिक अवस्था कमजोर रहेको जानकारी आएपछि जापानमा बस्ने नेपालीबाट सहयोग संकलन गरी पठाएको रकम सहयोग गरिएको चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

समितिले यसअघि पनि विभिन्न क्षेत्रमा असहाय, बिरामीलाई रकम संकलन गरेर लाखौँको सहयोग गर्दै आएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group