ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री, सांसद बनेका पूर्व-मोडलहरु


admin
११ बैशाख २०७५, मंगलबार   ५ : ४५   बजे

एजेन्सी, ११ वैशाख । ग्रिक दार्शनिक प्लेटो र एरिष्टोल मानिसलाई राजनितिक प्राणी हो भनेर व्याख्या गर्छन् । उनीहरुको परिभाषामा राजनितिबाट कुनै व्यक्ति अछुत हुन सक्दैन । हुन पनि समाजमा परिवर्तन ल्याउन राजनिति नै गर्छु भनेर यो क्षेत्रमा लाग्ने राजनितिज्ञहरुलाई छोडेर यस क्षेत्रमा लागेका अन्य पेशाकर्मीको ताँतीले सोही राजनितिको चार्मलाई प्रष्ट औल्याउँछ । यसमा कलाकार, उधोगपति, व्यावसायी, शिक्षक , विधार्थी, पत्रकार कोही छुटेका छैनन् । यहि सूचीमा मोडलहरु पनि समावेश छन् । आफ्नो सुन्दरता र चार्मको आधारमा पहिचान बनाएका उनीहरुलाइ राजनितिको चार्मले अलग्याउन सकेन । आफ्नो बोद्धिकता र क्षमतालाई प्रमाणित गर्दै उनीहरु पनि संसदको सदस्य बनेका छन् । यो सूची तिनै मोडलहरुको-

१। मारिया कार्फाग्ना (इटाली)

मारिया इटालीकी राजनीतिज्ञ हुन् । उनी पहिले टपलेस मोडल भएपनि हाल उनलाई रुढिवादी राजनीतिज्ञको रुपमा चिनिन्छ । उनले आफूलाई ‘एन्टी फेमिनिष्ट’ भएको पनि दाबी गर्ने गरेकी छिन् । उनले ‘यौन व्यवसाय’को निन्दा समेत गर्ने गरेकी छिन् । मारियालाई संसारकै सबैभन्दा सुन्दरी राजनीतिज्ञको रुपमा लिने गरिन्छ ।

२। एलिना काबेभा (रसिया)

एलिना रसियन नागरिक हुन । उनालाई जिम्नाष्टिक खेलाडीको रुपमा पनि चिनिन्छ। उनी रसियाको सफल जिम्नाष्टको रुपमा लिईन्छ। एलिनाले हालसम्म १८ वर्ल्ड च्याम्पियनशीप मेडल, २ ओलम्पिक मेडल तथा २५ युरोपियन च्याम्पियनशीप मेडल जितिसकेकी छिन् । २००७ मा जिम्नाष्टिकबाट सन्यास लिएसँगै उनी ‘प्रो–क्रेमलिन युनाइटेड रसियन पार्टी’को प्रतिनिधित्व गर्दै रसियन संसदको सदस्य भइन् । केही समय अगाडी रसियाका राष्ट्रपति भ्लाडिमिर पुटिनले उनीसँग विहे गर्न आफ्नो श्रीमति समेत त्याग्न तयार रहेको बताएको हल्ला चलेको थियो । तर यसलाई दुवैजनाले अस्वीकार गरिसकेका छन् ।

३। इभा केली (ग्रिस)

इभा २००९ मा ग्रिसको संसद सदस्यमा निर्वाचित भएकी थिइन् । उनी पूर्व टेलिभिजन कार्यक्रम प्रस्तोता हुुन् । उनी ग्रिक संसदकी निकै आकर्षक महिला हुुन् ।

४। योएन्ना मुका (पोल्याण्ड)

योएन्ना पोल्याण्डको तल्लो सदनकी सांसद हुन् । उनले तल्लो सदनमा लुबिन सहरको प्रतिनिधित्व गर्छिन् । उनले इकोनोमिक्समा पीएचडी गरेकी छिन् । उनी लुबिनस्थित क्याथोलिक युनिभर्सिटीकी प्राध्यापक समेत हुन् ।

५। रुबी धल्ला (क्यानडा)

रुबी भारतिय मुलकी ३४ वर्षीया क्यानेडियन राजनीतिज्ञ हुन् । उनी क्यानेडियन राजनीतिको मुख्य शक्तिको रुपमा रहेको ‘लिबर्टी पार्टी’की सदस्य हुन् । उनले परिवर्तनको लागि निकै लामो समय संघर्ष गरेकी छिन् । १९८४ मा जब भारतको पञ्जाब गोल्डेन टेम्पलमा शिखहरुलाई भारतीय सेनाहरुले गोली हानेका थिए, तब १० वर्षकी रुबीले तत्कालिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई हिंसा रोक्नको लागि पत्र लेखेकी थिइन् । उनलाई गान्धीले व्यक्तिगत पत्रमार्फत जवाफ पठाएकी थिइन् ।

६। लुसियाना लिन (पेरु)

युवा मतदाताहरुको मत जित्न सफल लुसियाना पेरुको संसदकी कान्छी सदस्य हुन् । २००९ मा स्पेनको एक पत्रिकाले उनलाई संसारकै राम्री राजनीतिज्ञको रुपमा समाचार छापेको थियो । तर उनको परिवार मुख्य भ्रष्टाचारका घटनामा मुछिएको बताइएको छ । जसमा लुसियानाको पनि हात हुन सक्ने अनुमान छ ।

७। एन्ना मरी ग्यालोजन (इस्टोनिया)

एन्नाले इस्टोनियन युरोपियन आन्दोलनको समयमा नेतृत्वदायि भुमिका निर्वाह गरेकी थिइन् । उनी अत्यन्त महत्वपूर्ण मानिसहरुमध्येकी एकको रुपमा मत पाएकी थिइन् । उनीविरुद्ध सरकारी पैसा सौन्दर्यको सामग्रीहरुमा दुरुपयोग गरेको आरोप लागेको छ । उनले प्लेब्वाय म्यागेजिनको लागि नग्न तस्वीर खिचाउँदै त्यसको विरोध गरेकी छिन् ।

८। ओर्ली लेभी (इजरायल)

तीन बच्चाकी आमा ओर्ली इजरायली विधानसभाकी सांसद हुन् । उनी पूर्व मोडल हुन् । उनको सौन्दर्यको चर्चा संसदमा निकै हुने गर्छ ।

९। युलिया मिमोशेन्को (युक्रेन)

युलिया दुई पटकसम्म युक्रेनको प्रधानमन्त्री भइसकेकी छिन् । उनले २०१० मा ठूलो समर्थन गुमाउँदा चुनावमा पराजित हुुनु परेको थियो । उनी भ्लादिमिर पुटिनलाई मनपर्ने राजनीतिज्ञ पनि हुुन् ।

१०। भेरा लिस्क्का (अष्ट्रिया)

भेरा अष्ट्रियाकी पूर्व पौडीवाज हुन् । उनले आफ्नो राष्ट्रको लागि जर्जियाको एटलान्टामा १९९६ मा भएको समर ओलम्पिकमा प्रतिष्पर्धा गरेकी थिइन् । १९९६ मा भएको युरोपियन च्याम्यिनसिपमा उनले ५० मिटर ब्रेष्टस्ट्रोकमा युरोपियन उपाधी जितेकी थिइन् । उनी अष्ट्रियाकी राजनीतिज्ञ  हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu