ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक क्षेत्रमा खुला बजार नीति, उदारीकण र नीजिकरणको गलत स्कुलिङ्गले उद्योगधन्दा धरासयी – मन्त्रि यादव


एबीसी न्यूज
१२ बैशाख २०७५, बुधबार   १ : २७   बजे

सुर्खेत, १२ वैशाख । बहुदलपछि नेपालमा आर्थिक क्षेत्रमा खुला बजार नीति, उदारीकण र नीजिकरणको गलत स्कुलिङ्गले उद्योगधन्दा धरासयी बनाएको उद्योग, बाणिज्य तथा आपूतीमन्त्री मातृका यादवले बताए  । उनले गलत स्कुलिङका कारण उदारीकरण र खुला बजार नीतिले नेपालमा अरु देशको व्यापारिक थलो बनाएको र नीजिकरणले राष्ट्रिय उद्योगधन्दा बेचेर खाने परीपाटी लादेको बताए ।

कमिशनका कारण अझैपनि प्रशासन क्षेत्रमा यो धन्दा व्याप्त रहेकोले यसलाई तोडेर नयाँ ढंगबाट उद्योगधन्दा सञ्चालन गर्ने नीति आफ्नो मन्त्रालयले अवलम्बन गर्न लागेको उनले जानकारी दिए ।

फरक प्रशंगमा यातायात व्यवसायीले दिएको आन्दोलनको धम्कीले सरकार नडराउदै बताउदै यातायात क्षेत्रमा रहेको सिण्डीकेट तोडिने उद्योग, बाणिज्य तथा आपूतीमन्त्री मातृका यादवले बताएका छन् । जनतालाई सेवा दिने नाममा यातायात क्षेत्रमा देखिएको अराजकताको अन्त्य गर्न सरकार विचलित नहुने मन्त्री यादवको बताएका हुन् ।

भुकम्प मापन केन्द्र सुर्खेतको भवन उद्घाटन गर्न पुगेका मन्त्री यादवले व्यसायीहरुले जनतालाई सेवाभन्दा सास्ती दिने गरको बताए ।
व्यावसायीहरु आक्रामक भएपनि विस्तारै सरकारले थालेको अभियानमा साथ दिनेमा आफूहरु आशावादी रहेको मन्त्री यादवको भनाई छ । उनले जनताको चाहाना अनुसार नै सरकारले सिण्डीकेट तोड्ने निर्णय लिएको र त्यसको सफल कार्यान्वयन हुने पनि दावी गरे ।
मन्त्री यादवले बुधबार विहान भुकम्प मापन केन्द्र सुर्खेतको नवनिर्मित भवनको समेत उद्घाटन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ : ट्रम्प

बाढीपहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्ग र सडकखण्ड अवरुद्ध

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu