ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हातमा भाग्य हुने भए यीनी कहाँ हुन्थिन् ?


admin
१२ बैशाख २०७५, बुधबार   ६ : ४४   बजे

एजेन्सी, १२ वैशाख । हामी सबै आफ्नो हत्केलामा भाग्य हेर्दै बसेका छौ, तर के हात नहुनेको चाहि कुनै भाग्य हुँदैन र ? हातको रेखा र भाग्यमा विश्वास गर्ने सबैले दुवै हात गुमाएकी थाइल्याण्डकी यी २३ वर्षे पैचारामन सावानाको जीवनबाट केही सिकौं ।

थाइल्याण्डकी पैचारामन सावानाको दुवै हात नभएकै कारण २३ वर्षको उमेरमा विद्यालयको पढाई सुरु गरेकी थिईन् । यति भएर के भो त ? २३ वर्षको उमेरमा पढाई सुरु गरे पनि उनले मास्टर डिग्री हासिल गरेकी छन् र शिक्षण पेशामा आबद्ध छिन् । उनी वकालतका लागि प्रयास पनि गरिरहेकी छन् । उनले तमाम कठिनाइहरु पार गरेर यो उपलव्धी हासिल गरेकी हुन् ।

दुवै हात नभएका कारण सानामा उनलाई कुनै विद्यालयले भर्ना नै लिन मानेन । त्यसैले उनले त्यतिबेला अध्ययन सुरु गरिन् जब विकलांगहरुका लागि सामान्य विद्यालयमा अध्ययन गर्ने अनुमति प्राप्त भयो ।

कुनै समय पढ्नका लागि भर्ना समेत हुन नपाएकी सावाना अहिले स्वयम शिक्षिका हुन् । उनी हात नभएर के भो खुट्टाले नै ब्ल्याकबोर्डमा लेखेर पढाउँछिन् । उनले शिक्षण अनुभूति स्मरण गर्दै भनिन्–मलाई शिक्षणको पहिलो दिन याद छ । मैले खुट्टाले ब्ल्याकबोर्डमा लेखेको देखेर बालबालिका आश्चर्यमा थिए।

तर, उनी त्यत्तिकैमा रोकिइनन् । उनले कानुनमा मास्टर डिग्री हासिल गरिन् । त्यसैले अहिले उनी भन्छिन्–म थाइल्याण्ड बारमा वकिलको लाइसेन्सका लागि आवेदन दिइरहेकी छु । म वकिल बनेर र अरुलाई पढाएर गुजारा चलाउन चाहन्छु ।

पढाईले सावानाको दायरा बढाएको छ। उनी भन्छिन्–म चाहँदिन कि कसैले यो भनोस कि म विकलांगताका कारणबाट के गर्न सक्थेँ के गर्न सक्दिनँ । म त्यो सबै नियम तोड्न चाहन्छु जुन विकलांग पीडितहरुका विषयमा समाजले बनाएको छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu