काठमाडौ, १३ वैशाख । गूगलले एक्पायरी डेट भएको ईमेल सेवा शुरु गर्न लागेको छ । गूगलले संचालन गरिरहेको जिमेल एकाउन्टमा नै ईमेलको एक्सपायरी डेट अर्थात समाप्त मिति सहित ईमेल प्रयोग गर्न सकिने सुविधा आउन लागेको हो।
जीमेल प्रयोगकर्ताहरुको सुरक्षालाई अझ ससक्त बनाउन जीमेलले ईमेललाई रीडिजाइन गरिरहेको छ । जसले गर्दा जीमेल प्रयोगकर्ताहरुको ईमेल पढ्ने बित्तिकै निश्चित समयपछि सो स्वत डिलिट हुने बताइएको छ । यो फीचर प्रोटोनमेलको जसरी काम गर्नेछ जसले केहि समयपछि आफैं हराउँछ ।
यस्तो ईमेल प्रयोगकर्ताले पढीसकेपछि वा निश्चित अवधिपछि आफैं हराउने र पढ्न सकिने किसिमको हुन्छ । यसको लागि गूगलले कम्पोस स्क्रीनमा लक आईकन राखेको छ जसलाई कन्फिडेन्सियल मोड भनिन्छ ।
यस्तो ईमेल पाउने व्यक्तिले अन्य साथीहरुलाई ईमेल फरवार्ड गर्न, कपी र पेस्ट गर्न, डाउनलोड अथवा प्रिन्ट गर्न नसक्ने किसिमको हुन्छ ।
प्रयोगकर्ताले आफैं यसको एक्सापयरी डेट तोक्न सक्नेछ, जसमा एक साता, एक महिना, कयौं वर्षहरु लगायत छन भने तपाईँले ईमेल पठाउन लाग्नु भएको साथी जसले ईमेल प्राप्त गर्दछ त्यसको परिचय समेत गोप्य राख्न सक्नुहुनेछ । यस्तो किसिमको ईमेल प्रापकको खाताबाट स्वत हराउँछ भने ईमेल पठाउने प्रेषकको आउट बक्स खाताबाट समेत डिलिट हुन्छ ।
हाल यो सुविधा सामान्य जीमेल प्रयोगकर्ताहरुका लागि उपलब्ध छैन। र, यो कहिलेसम्म आउँछ भन्ने मिति निश्चित गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस्