ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१२ करोड बढी लगानीमा धनगढीमा फनपार्क


admin
१४ बैशाख २०७५, शुक्रबार   ५ : ४६   बजे

कैलाली, १४ वैशाख । कैलालीको धनगढीमा रु १२ करोड बढीको लगानीमा आजबाट धनगढी फनपार्क सञ्चालनमा आएको छ ।

धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा अवस्थित फनपार्क दुई वर्षको समयावधिमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । सार्कस्तरिय उसु प्रतियोगितासमेत खेलिसकेका खेलाडी तथा व्यवसायी श्याम विष्ट, धर्मपालसिंह रावत, विजेन्द्रसिंह रावत रमुन्नि विष्टले संयुक्त लगानीमा उक्त फनपार्क निर्माण गरेका हुन् ।


खेलाडी विष्टले केही वर्षको कोरिया बसाइँपछि नेपाल फर्केर यस क्षेत्रमा फनपार्कको सम्भावना देखेर पार्क निर्माण गरेको बताउनुभयो ।

सञ्चालक विष्टले भन्नुभयो,“यस क्षेत्रमा हरेकवर्ष आयोजना हुँदै आएका विभिन्न खाले मेला तथा महोत्सवमा दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्य भन्दा पनि व्यापारिक प्रयोजनका लागि मात्रै सञ्चालन गरिने भएकाले पार्क निर्माणको उद्देश्य व्यापारिक प्रयोजन मात्र नभई आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन समेत प्रदान गर्नु हो ।”


झण्डै अढाइ बिगाह क्षेत्रफलमा निर्माण गरिएको फनपार्कमा स्वीमिङ पुलसहित वेब पुल, किड्स पुल, मल्ट्रिल्याण्ड स्लाइड, ट्युवलाईट स्लाइड, पेन्डुलम, म्युजिकल फनटेन, ब्रेक डान्सलगायतका जलविहारमा आनन्द लिन सकिने सेवा उपलब्ध छन् ।

साथै फनपार्कमा रेष्टुरेन्टको समेत व्यवस्था गरिएको छ । बाहिरबाट आउने पर्यटकलाई रमाउनका लागि आवश्यक स्थान नभएपछि फनपार्क निर्माण गरेको अर्का सञ्चालक धर्मपाल सिंह रावतले बताउनुभयो । सञ्चालक रावत पार्कले आन्तरिक पर्यटकलाई सबैभन्दा बढी राहत हुने बताउनुहुन्छ ।

नेपाल भारत सीमाक्षेत्र नजिकै रहेको उक्त फन पार्कको निर्माणबाट आन्तरिक पर्यटकसँगै भारतीय सीमावर्ती बजारका पर्यटक भित्रिनेसमेत अपेक्षा गरिएको छ ।

पार्क निर्माणबाट स्थानीयस्तरमा गरिएको करोडांैको लगानीले स्थानीयवासीलाई रोजगारीलगायत नयाँ गन्तव्यसमेत थपिएको र यस क्षेत्रको विकासमा समेत थप टेवा पुग्ने भन्दै यहाँका बासिन्दाले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group