काठमाडौं, १४ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख २२ गते पार्टी एकता हुने भएको छ ।एमाले निकट एक स्रोतले दिएको जानकारी अनुसार अध्यक्षद्धयले पार्टी एकता वैशाख २२ मा हुने भएको पक्का पक्कि भएको छ , कुनै बाधा अड्चन नआए एकता हुन्छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कार्लमार्क्को जयन्तीमा पार्टी एकता गर्ने सहमति भएको स्रोतले बतायो ।
पार्टी एकता पर पर सरिरहँदा एकताकै विषयलाई अन्यौल सिर्जना भएको छ । गत बैशाख ९ गते भएको संयुक्त सभामा ओली र प्रचण्ड दुबैले अघोषित मितिमा पार्टी एकता हुने बताएका थिए ।
सोही बमोजिम दुई अध्यक्षहरु यतिबेला पार्टी एकताका लागि छलफलमा जुटेका हुन् । कुनै अवरोध सिर्जना नभए मार्क्स जयन्तीकै दिन पार्टी एकता हुने एमाले स्रोतले जनायो ।ओली र दाहालबीच सांगठानिक संरचना मिलाउन केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीको संख्या बढाउने सहमति यसअघि नै भइसकेको छ ।
दुई अध्यक्षबीच कार्यदलले दिएको २ सय ९९ सय सदस्यीय केन्द्रीय कमिटीको संख्या बढाएर ३ सय ५० सदस्यीय वा सो भन्दा बढी बनाउने सहमति भएको स्रोतको भनाइ छ । माओवादीमा रहेका दोस्रो तहको सवै नेताहरूलाई स्थायी कमिटीमा पार्नका लागि यस्तो बाटो अपनाइएको हो ।
प्रतिक्रिया दिनुहोस्