ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५० वर्षदेखि अलपत्र विमानस्थल सञ्चालनमा आउने


admin
१६ बैशाख २०७५, आइतबार   २ : ५९   बजे

राजविराज, १६ वैशाख । करीब ५० वर्षदेखि अलपत्र रहेको सप्तरीको राजविराजस्थित विमानस्थल सञ्चालनमा आउने भएको छ ।

उक्त विमानस्थलको पक्की धावनमार्ग निर्माण लगायतका सम्पूर्ण कार्य अन्तिम चरणमा रहेकाले वैशाखको अन्तिममा यहाँ विमान सञ्चालनमा ल्याइने उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष अरुण प्रधानले बताउनुभयो ।

(राजविराजस्थित विमानस्थल)

विसं २०१६ मा तत्कालीन यातायात मन्त्री स्व गणेशमान सिंहद्वारा शिलान्यास गरिएको राजविराज विमानस्थल लामो समयदेखि अलपत्र रहँदै आएको थियो ।

सप्तरीवासीको बहुप्रतिक्षित योजनाका रुपमा रहेको यो विमानस्थलमा एक हजार ५०० मिटर लामो तथा ३० मिटर चौडाइ पक्की धावन मार्ग, ६० मिटर चौडाइ र ९० मिटर लामो एप्रोन तथा ११० मिटर लामो र २० मिटर चौडा मोटर चल्नेबाटो निर्माण भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका आयोजना प्रमुख रामएकवाल महतोले जानकारी दिनुभयो ।

“विमानस्थलमा नाला तथा केही ठाउँमा भत्काइएको घेराबारको काम र टावर मर्मत सम्भार भइरहेको, पक्की धावनमार्गमा लाइनिङ कार्य जारी रहेकाले मौसमले साथ दिएमा वैशाखको अन्तिममा यहाँ विमान उडाउन सकिनेछ”, उहाँले भन्नुभयो ।

वैशाखको अन्तिम सातातिर बुद्ध एयरलाइन्सले परीक्षण उडानका लागि रुचि देखाएको र लामो समयको प्रतीक्षापश्चात् विमानस्थल विमान सञ्चालन हुने निश्चित भएको आयोजना प्रमुख महतोले सञ्चारकर्मीलाई बताउनुभयो ।

पक्की धावनमार्ग, मोटर चल्ने बाटो र एप्रोन कालोपत्रे भइसके पनि अहिले टावरको मर्मत कार्य र धावनमार्गमा चिनो लगाउने कार्य अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।

तत्कालीन मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन भएको केही दिनभित्रै यो विमानस्थलमा सेवा बन्द भएको थियो । कच्ची धावनमार्ग र अन्य भौतिक पूर्वाधार निर्माण नहुँदा विमानस्थल गाईबस्तु चराउने गौचरनमा परिणत भएको थियो ।

पटक–पटक विमानस्थल निर्माणको मुद्दा अघि बढे पनि निर्माण कार्यले गति लिन सकेको थिएन ।

सप्तरीवासीको दबाबपछि सरकारले निर्माण कार्यलाई प्राथमिकतामा राख्दै बजेट छुट्याएपछि २०७३ सालमा उक्त विमानस्थलको टेण्डर आह्वान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu