काठमाडौं, १७ वैशाख । नेपाल प्रहरीका जवानहरू हवल्दारमा बढुवा भएका छन् । तीन सय जवानलाई हवल्दारमा बढुवा गरिएको हो ।
प्रहरी प्रधान कार्यालय नक्सालले आइतवार बढुवा प्रकृया अगाडि बढाएको हो । पहिलो चरणमा ३ सय जवानलाई हवल्दारमा बढुवा गरिएको छ । केही दिन अघिमात्र ७३ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी निरीक्षकमा बढुवाको लागि सिफारीस गरिएको थियो ।
माथिल्लो तहको बढुवा नियमित भएपनि तत्लो तहका प्रहरीको बढुवा लामो समयदेखि हुन सकेको थिएन । ५ हजार जवानको एकैचोटी सरुवा गरेको केही दिनुभित्र प्रहरी जवानहरूको बढुवा भएको छ ।
नाम हेर्न यसमा किलिक्क गर्नुहोस
प्रतिक्रिया दिनुहोस्