काठमाडौं,१७ वैशाख । सभापति शेरबहादुर देउवाले बोलाएको निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक स्थगित भएको छ। रिक्त पदाधिकारी चयनका लागि सोमबार बिहानलाई बोलाइएको बैठक वैशाख २१ दिउँसो २ बजेसम्मका लागि सरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
आइतबार केन्द्रीय कार्यसमितिको बैठक सकिए लगत्तै सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक आज बिहान ८ बजेका लागि बोलाएपछि नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले असन्तुष्टि जाहेर गरेका थिए। कांग्रेसमा महाधिवेशन भएको २ महिनाभित्र चयन गरिसक्नुपर्ने पदाधिकारी २६ महिनासम्म पनि चयन हुन सकेको छैन।
प्रतिक्रिया दिनुहोस्