काठमाडौं,१७ वैशाख । ओमानमाको मस्कटबाट दुबई जाने सडकको अल हाइलमा भएको दुर्घटनामा परेर धनकुटाकी गंगामाया राईको ज्यान गएको छख ।
दुर्घटनामा परेर चितवन बरमपुरकी पदमी गुरुङ घाइते हुनुभएको छ । घाइते पदमीको सुल्तान काबुस अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था अहिले सुधारउन्मुख भएको अस्पताल स्रोतले जनाएको छ ।
ओमानको ओआइजी नामक अर्ध सरकारी क्लिनिङ कम्पनीमा कार्यरत उहाँहरु शुक्रबार छुट्टीको दिन गंगामायाको घरमा पैसा पठाउने र पदमीको भान्जीको कोठामा जाने भन्दै निस्केका थिए ।
अल हाइलमा रहेको एक्सचेन्ज मार्फत घरमा बहिनीको नाममा पैसा पठाएर कम्पनीको घाला राउन्डबोर्डमा रहेको अर्को क्याम्पमा जान भन्दै अलहेलमा बाटो काट्ने क्रममा तिब्र गतिमा आएको गाडीले ठक्कर दिदा गंगाको घटना स्थलमै ज्यान गएको हो ।
प्रतिक्रिया दिनुहोस्