ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गायिका सुनिता अधिकारीको ‘पानको मिसी…’ बजारमा (भिडियोसहित)


admin
१७ बैशाख २०७५, सोमबार   ९ : ४०   बजे
काठमाडौँ । लोक गायिका तथा मोडल सुनिता अधिकारीको नयाँ लोकदोहोरी गीत बजारमा आएको छ ।
सुनिताले ‘पानको मिसी हुकुमको चौकाले…’ बोलको गीत बजारमा ल्याएकी हुन् । यो उनको सातौँ गीत हो ।
शिव हमालको लय र सिर्जना रहेको गीतमा सुनिता र गायक भगीरथ चलाउनेको स्वर छ । म्युजिक नेपाल र तिर्सना म्युजिक प्रालिले यसको भिडियो पनि बजारमा ल्याएको छ । भिडियोमा सुनितासँगै रामजी खाँडको बेजोड अभिनय र नृत्य छ ।
‘आइतबार साँझ युटूबमा रिलिज भएको २४ घण्टा नबित्दै २० हजार दर्शकले हेरिसक्नुभएको छ । यो गीत निकै लोकप्रिय हुने मैले विश्वास लिएको छु । मेरा अभिनय पनि भएकाले दर्शकको मन जित्ने आशा लिएको छु । स्वदेश तथा विदेशबाट निकै राम्रो छ भन्ने प्रतिक्रिया पनि आइरहेको छ ।’– सुनिताले भनिन् ।
प्रकाश भट्ट निर्देशित भिडियो साइ भिजन प्रालिले निर्माण गरेको हो । जसलाई राजेश घिमिरेले क्यामेरामा कैद गरेका छन् भने विष्णु शर्माले सम्पादन गरेका छन् ।
लमजुङ धुसेनीकी सुनिताले स्कूले जीवनदेखि नै गाउन थालेकी हुन् । २०६४ सालमा एसएलसी पास गरेपछि व्यावसायिक गायिका बन्ने सपना पूरा गर्न काठमाडौँ छिरिन् । यो बीचमा उनले ७ वटा गीत बजारमा ल्याइसकेकी छिन् । ‘दर्शक र स्रोताहरुलाई अझै लोकप्रिय गीत पस्कने मेरो चाहना छ । सुनिता भन्छिन्, ‘लोकसंगीत हामी नेपालीको गहना हो, यसलाई जोगाउन हामी सबैको कर्तव्य पनि हो ।’
https://www.youtube.com/watch?v=y35DuEl-e3g&feature=youtu.be

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu