गुल्मी, १८ बैशाख। गुल्मीमा पहिराेमा परेर एक युवकको ज्यान गएको छ । मालिका गाउँपालिका–२, दुनामका ३३ वर्षीय दिपक विश्वकर्माकाे गएराति पहिराेमा परेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिए । सोमबार राति छिमेकीको कुलपूजामा गएर घर फर्किने क्रममा सडक माथिबाट खसेको पहिरोमा परेर विकको घटना स्थल मै ज्यान गएको प्रहरीले जनाएको छ । उनकाे सवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्