ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यू-ट्यूबबाट भिडियो डाउनलोड गर्ने तरिका


admin
१८ बैशाख २०७५, मंगलबार   ८ : १३   बजे

काठमाडौं, १८ वैशाख । यूट्यूबले केही भिडियोहरु एन्ड्रोइड र आइओएसमा डाउनलोड गर्ने अनुमति दिएको छ । भिडियो डाउनलोड गर्न निम्न तरिका अपनाउहोस् –

१। आफ्नो स्मार्टफोनमा यूट्यूब एप खोल्नुस्

२। एपमा कुनै पनि भिडियो खोल्नुस्

३। टाइटलभन्दा मुनि सेयर र एड टु बीचमा तपाईं एउटा ‘डाउनलोड’ बटन देख्नुहुनेछ । यदि भिडियोको रचनाकारले यसलाई डाउनलोड गर्ने अनुमति दिएको छ भने मात्रै यो बटन देखिन्छ ।

 

४। डाउनलोडमा थिच्नुस् र त्यसपछि तुरुन्तै भिडियो डाउनलोड हुन थाल्छ । यसलाई तपाईं मन लागेको समयमा हेर्न सक्नुहुन्छ ।

यूट्यूबबाट भिडियो डाउनलोड गर्ने सरल तरिका यही हो । तर, सबै भिडियोहरु डाउनलोड गर्नलाई उपलब्ध हुँदैनन् र यो विधिले मोबाइलमा मात्र काम गर्छ । यदि तपाईं आफ्नो कम्प्युटरमा भिडियो संग्रह गर्न चाहनुहुन्छ भने त्यसको अर्कै तरिका छ ।

विन्डोज, म्याक वा लिनक्समा यूट्यूब भिडियो डाउनलोड गर्ने तरिका 

विन्डोज, म्याकओएस र लिनक्समा यूट्यूब भिडियो डाउनलोड गर्नका लागि एउटा फ्री एप छ जसलाई फोर के (4K) भिडियो डाउनलोडर भनिन्छ । यसले कुनै पनि भिडियो डाउनलोड गर्न सकिन्छ ।

१। 4K भिडियो डाउनलोडर डाउनलोड गर्नुस् ।

२। आफूले डाउनलोड गर्न चाहेको भिडियोमा जानुस् । आफ्नो ब्राउजरको एड्रेसबारबाट त्यसको यूआरएल कपी गर्नुस् ।

३। 4K भिडियो डाउनलोडर खोल्नुस र हरियो पेस्ट लिंक बटनमा क्लिक गर्नुस् ।

(1)
(2)
(3)

४। अब एपले भिडियोलाई टुक्र््याउनेछ र तपाईंलाई केही प्रतिवद्धताहरु गर्न लगाउनेछ ।

५। ब्राउजमा क्लिक गर्नुस् र भिडियो कहाँ सेभ गर्ने हो छनोट गर्नुस् । त्यसपछि डाउनलोडमा क्लिक गर्नुस् ।

६। अब एपले भिडियो डाउनलोड गर्नेछ । भिडियोलाई फुृल रिजोलुसनमा डाउनलोड गर्ने यो सर्वोत्तम तरिका हो । अन्य विकल्पहरुमा जाँदा तपाईंल ७२० पिभन्द्या ठूलो रिजोलुसनमा डाउनलोड गर्न सक्नुुहुन्न ।

वेबसाइट प्रयोग गरेर भिडियो डाउनलोड

यदि तपाईंले एपबाट यूट्युब भिडियो डाउनलोड गर्न सक्नुभएन भने वेब ब्राउजरबाट पनि गर्न सक्नुहून्छ । यी कदमहरु चाल्नुस् :

१। भीडीयूट्यूब खोल्नुस ।

२। भिडियोको यूआरएललाई कपी र माथिको ठूलो र्फममा पेस्ट गर्नुस् ।

३। ‘गो’ मा क्लिक गर्नुस् ।

४। डाउनलोड बटनमा क्लिक गर्नुस ।

(1)
(2)

५। आफूले चाहेको फर्म्याट छनोट गर्नुस् । त्यसपछि भिडियो डाउनलोड हुन थाल्नेछ ।

६। आफूले चाहेको फर्म्याट छनोट गर्नुस् र त्यसपछि भिडियो डाउनलोड हुन थाल्नेछ ।

यो विधिले तपाईं ७२० पी भिडियोहरु बिना झन्झट डाउनलोड गर्न सक्नुहुनेछ । योभन्दा माथिको रिजोलुसन छनोट गर्नुभयो भने अडियो बिना भिडियो मात्रै डाउनलोड हुनेछ । यो विधिले आइओएस र एन्ड्रोइडमा काम गर्दैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group