काठमाडौं, २१ वैशाख । बिट कोइन एक डिजिटल करेन्सी अर्थात डिजिटल पैसा हो । यसलाई इन्टरनेटमा कारोबार गर्नको लागि प्रयोग गरिन्छ । बिट कोइन हामिले दैनिक जीवनमा प्रयोग गर्ने पैसा जस्तो कागजी पैसा वा सिक्का होइन । यसलाई सामान्य पैसा जसरी प्रयोग गर्न सकिदैन, मतलब पर्समा बोकेर वा बैंकमा राखेर कारोबार गर्न सकिदैन । किनकी यसको अस्तित्व इन्टरनेटमा मात्र रहन्छ । र, यसबाट कारोबार अनलाईनमा मात्र हुन्छ ।
बिट कोइन इन्टरनेटमा Peer to peer करेन्सी base मा काम गर्छ । त्यसैले यो कुनै कागजको पैसा अथवा कुनै सिक्का नभईकनै पनि ग्लोबल करेन्सी बन्न पुगेको छ । यसबाट दैनिक लाखौको कारोबार हुने गर्छ । रोचकको विषय त अझ यो छ कि यसलाई कन्ट्रोल गर्ने अहिलेसम्म कुनै कानुन नै बनेको छैन, न त यसलाई कुनै व्यक्तिले नै कन्ट्रोल गर्ने गर्छ ।
यसबाट ट्राभल बेभसाईट एक्सपीडियामा होटल बुक गर्न, ओभर स्टोकमा फर्निचर खरिद गर्न तथा एक्सबक्समा गेमहरु खरिद गर्न पहिले प्रयोग गरिन्थ्यो । तर अहिले बिट कोइन ट्रेड गरेर वा बेचेर धनी बन्ने ध्यानउन्नमा मानिसहरु लागेपछि यसको लोकप्रियता बढेको हो । यसलाई शेयर मार्केटमा लगानी गरेजस्तै मानिसहरुले बिट कोइन किन्न लगानी गर्ने गर्छन् । र, अर्को बिट कोइन युजरलाई बेचेर मुनाफा आर्जन गर्छन् ।
यति भन्दै गर्दा फेरी ध्यान दिनुस, यो डिजिटल करेन्सी हो । र, तपाईले आर्जन गनुभएको मुनाफा पनि बिट कोइनमा रहेको पकेटमा रहन्छ, तर चाहेको खण्डमा सामान्य पैसमा पनि रुपान्तर गर्न सकिन्छ । यसको लागि चार पाँच दिनको समय लाग्न सक्छ ।
यसलाई कसले बनायो ?
सिएनएनको रिर्पोट अनुसार यसलाई सन् २००९ मा सातोसी नाकामोतो नाम राखेर अज्ञात व्यक्तिले बनाएका थिए ।
१०० पैसा मिलेर एक रुयैँया बने जस्तै, बिट कोइनको एक यूनिट लाई सातोसी भनिन्छ । दश करोड सातोसी बराबर एक बिट कोइन हुन्छ ।
आजको तारिखसम्म आईपुग्दा यसको मुल्य exchangerate.guru बेभसाइटको अनुसार १ बिट कोइन बराबर ९ लाख ९३ हजार एक सय पैसठ्ठी नेपाली रुपैँया रहेको छ।
नेपालमा बिट कोइनबाट कारोबार गर्नु गैर कानुनी मानिएको छ ।
किन किन्छन् बिट कोइन ?
मानिसले आफ्नो नाम नखुलाई सामान किन्नको लागि यसको प्रयोग गर्छन् । त्यस्तै कुनै देशको कानुनको अधिनमा नरहेकोले यसबाट अन्र्तराष्ट्रियस्तरमा सामान खरिद विक्री गर्दा सहज र सजिलो हुन्छ । पछिल्लो समयमा यसको मुल्य बढेको कारण केहि व्यक्तिहरु यसमा मुनाफाको लागि शेयर मार्केटमा लगानी गरेजस्तै गरी लगानी गर्छन् ।
कसरी किन्ने बिट कोइन ?
यसलाई विभिन्न तरिकाबाट किन्न सकिन्छ । बिट कोइन राखेको कुनै पनि एप्लिकेशन वा बेभसाइटबाट यसलाई खरिद गर्न सकिन्छ । कोइनबेस डिजीटल करेन्सी खरिद विक्री गर्ने लिडिङ बेभसाईट हो । बिटस्ट्याम्प, बिटफिनेक्सबाट पनि बिट कोइन खरिद गर्न सकिन्छ । यसको अलवा अनलाईन प्लेटफर्ममा कुनै पनि सर्भिस वा सामानलाई बेचेर पैसाको साटो बिट कोइन लिन सकिन्छ । यसलाई खरिद गरे पश्चात् ई-बैंकिङमा जसरी साथि वा आफन्तको अकाउन्टमा ट्रान्सफर गर्न सकिन्छ ।
के हो माईनिङ ?
बिट कोइन आर्जन गर्नको लागि कम्पूटरमा अप्ठ्यारो पज्जल समाधान गर्नुलाई माईन गर्नु भनिन्छ । बिट कोइनको सुरुवात पनि यहि कन्सेप्टको आधारमा भएको थियो ।
बिट कोइन वालेट
यसलाई भर्चुअल बैंकको रुपमा मान्न सकिन्छ, यसमा तपाईले आर्जन गर्नुभएको बिट कोइनहरु रहन्छ । यहि वालेट मार्फत तपाईले गर्नुभएको खरिद, विक्री, बिट कोइनको संचितका हिसाबहरु लगायतका कामहरु हुन्छ ।
बिट कोइनमार्फत गरिएको ट्रान्जाक्सनमा खरिदकर्ता र विक्रीकर्ताको परिचय गोप्य रहन्छ । वालेटमार्फत ट्रान्जाक्सन हुने भएकोले सार्वजनिकरुपमा व्यक्तिको परिचयको साटो वालेटको आईडी देखिने गर्दछ । व्यक्तिको परिचय गोप्य रहने कारण अनलाईनबाट ड्रग्स वा गैरकानुनी कार्यमा यसको प्रयोग भएको पाईएपछि अहिले विभिन्न देशहरु यसको प्रयोगमा सचेत बन्दै गईरहेको छन् ।
प्रतिक्रिया दिनुहोस्