मकवानपुर, २२ वैशाख । जिल्लाको मनहरी गाउँपालिका–९, ज्यामिरेमा बाघको त्रास फैलिएको छ ।स्थानीय जितबहादुर सुनारको बाख्राको खोरमा पसेको बाघ बाहिर निस्कन नसकेपछि गाउँमा त्रास फैलिएको हो ।
स्थानीयले दिएको जानकारी अनुसार, खोरमा पसेर २ बाख्राको सिकार गरेर बाघ बाहिर निस्कन सकेको छैन ।
बाघ खोरमै थुनिएपछि अहिले निकुञ्जका कर्मचारी तथा नेपाली सेना बाघ नियन्त्रणका लागि घटनास्थल पुगेका छन् ।
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेसँगै आसपासका बस्तीमा त्रास फैलन थालेको छ । गत चैत १२ गते मात्रै स्थानीय सरस्वती बर्तौलाको बाघको आक्रमणमा परी मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्