ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा चिनीको मूल्य ४० प्रतिशत बढ्यो, १० लाख टन चिनी शुल्कमुक्त आयात गरिँदै


ABC NEWS
६ भदौ २०८३, शनिबार   ७ : ३५   बजे

काठमाडौं । भारतमा पछिल्लो दुई महिनामा चिनीको मूल्य करिब ४० प्रतिशतले बढेपछि सरकारले १० लाख मेट्रिक टन कच्चा चिनी भन्सार शुल्कबिनै आयात गर्न अनुमति दिएको छ।

आन्तरिक बजारमा बढ्दो मूल्य र घट्दो आपूर्ति नियन्त्रण गर्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको हो। शुल्कमुक्त आयात सुविधा आगामी अक्टोबर ३१ सम्म लागू हुनेछ।

भारतमा सामान्यतया चिनी आयातमा १०० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था छ। नजिकिँदै गरेको चाडपर्वको मौसममा चिनीको माग थप बढ्ने अनुमान गरिएकाले आपूर्ति सहज बनाउन सरकारले शुल्कमुक्त आयातको निर्णय गरेको हो।

समाचार संस्था रोयटर्सका अनुसार भारतले करिब एक दशकपछि पहिलोपटक ठूलो परिमाणमा चिनी आयात गर्न लागेको हो। यस वर्ष चिनी उत्पादनमा कमी आएपछि आन्तरिक बजारमा आपूर्तिको दबाब बढेको छ।

विश्वकै सबैभन्दा ठूलो चिनी उपभोक्ता मुलुक भारतले ठूलो परिमाणमा आयात गर्ने निर्णय गरेपछि अन्तर्राष्ट्रिय बजारमा समेत यसको प्रभाव देखिएको छ। लन्डनको बेन्चमार्क ह्वाइट सुगर फ्युचर्स तथा न्युयोर्कको रअ सुगर फ्युचर्सको मूल्यमा करिब चार प्रतिशतसम्म वृद्धि भएको छ।

भारतमा चिनीको मूल्यवृद्धिलाई लिएर राजनीतिक बहससमेत चर्किएको छ। आम आदमी पार्टीका राष्ट्रिय संयोजक तथा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले चिनीको अभावका लागि सरकारको इथानोल नीति जिम्मेवार रहेको आरोप लगाएका छन्।

कच्चा तेलको आयात घटाउने उद्देश्यले सरकारले उखुबाट इथानोल उत्पादन बढाउन प्रोत्साहन गरेपछि चिनी उत्पादनका लागि उपलब्ध उखुको मात्रा घटेको केजरीवालको दाबी छ। त्यसको परिणामस्वरूप भारतले चिनीको आपूर्ति पूरा गर्न विदेशी मुद्रा खर्च गरेर पुनः चिनी आयात गर्नुपर्ने अवस्था आएको उनले बताएका छन्।

भारत सरकारले भने इथानोल उत्पादन र चिनी आपूर्तिबीच सन्तुलन कायम गर्ने तथा उपभोक्तालाई मूल्यवृद्धिबाट राहत दिने उद्देश्यले शुल्कमुक्त आयातको निर्णय गरिएको जनाएको छ। सरकारले चाडपर्वका बेला बढ्ने चिनीको माग पूरा गर्न यस कदमले सहयोग पुग्ने अपेक्षा गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

गलत मेडिकल रिपोर्ट पनि भ्रष्टाचार हुन सक्छ, सर्वोच्चले चिकित्सकको ‘पेसागत उन्मुक्ति’को सीमा तोक्यो

सम्बन्धित

भोकै नबसी पनि तौल घटाउन सकिन्छ ? ‘सही खाना छनोट’बारे नयाँ अध्ययनको सन्देश

पेटभित्र क्याप्सुलमा लुकाएको १५० ग्राम सुनजस्तो धातु पाँच दिनपछि बरामद

ट्रम्प प्रशासनले ९० दिनका लागि ‘ग्राउन्ड बिफ’ आयातमा भन्सार छुट दियो

प्रधानन्यायाधीश शर्माद्वारा पोखराका अदालत निरीक्षण, क्षतिग्रस्त भवन पुनर्निर्माणमा चासो

गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसल असोज २ र ३ गते हुने

नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu