ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसल असोज २ र ३ गते हुने


ABC NEWS
६ भदौ २०८३, शनिबार   ७ : ५५   बजे

पोखरा । नयाँलिपि न्युज डटकमको आयोजनामा गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसल प्रतियोगिता २०८३ आगामी असोज २ र ३ गते हुने भएको छ।

पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ। नयाँलिपि न्युज डटकमका अध्यक्ष सुरज श्रेष्ठका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने टोलीले भदौ २० गतेभित्र दर्ता गरिसक्नुपर्नेछ।

प्रतियोगिताको विजेता टोलीले ५० हजार रुपैयाँ तथा उपविजेता टोलीले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। दुवै टोलीलाई सिल्ड, प्रमाणपत्र र मेडलसमेत प्रदान गरिनेछ।

सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट गोलकिपरलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। यस्तै, प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ घोषित हुने खेलाडीलाई १ हजार ५०० रुपैयाँ पुरस्कार दिइनेछ।

प्रतियोगितामा सहभागी हुने खेलाडीले पासपोर्ट साइजको फोटो, नेपाल पत्रकार महासंघ वा सूचना विभागको परिचयपत्रको प्रतिलिपि तथा सम्बन्धित जिल्लाको पत्रकार महासंघबाट प्रतियोगितामा सहभागी हुन पाउने व्यहोराको पत्र पेश गर्नुपर्नेछ।

प्रत्येक टोलीमा ८ जना खेलाडी र २ जना अफिसियल गरी १० जना सदस्य रहनेछन्। गण्डकी प्रदेशका जुनसुकै जिल्लामा कार्यरत पत्रकारले प्रतियोगितामा सहभागी हुन पाउने आयोजकले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

गलत मेडिकल रिपोर्ट पनि भ्रष्टाचार हुन सक्छ, सर्वोच्चले चिकित्सकको ‘पेसागत उन्मुक्ति’को सीमा तोक्यो

सम्बन्धित

भोकै नबसी पनि तौल घटाउन सकिन्छ ? ‘सही खाना छनोट’बारे नयाँ अध्ययनको सन्देश

पेटभित्र क्याप्सुलमा लुकाएको १५० ग्राम सुनजस्तो धातु पाँच दिनपछि बरामद

ट्रम्प प्रशासनले ९० दिनका लागि ‘ग्राउन्ड बिफ’ आयातमा भन्सार छुट दियो

प्रधानन्यायाधीश शर्माद्वारा पोखराका अदालत निरीक्षण, क्षतिग्रस्त भवन पुनर्निर्माणमा चासो

नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण

भारतमा चिनीको मूल्य ४० प्रतिशत बढ्यो, १० लाख टन चिनी शुल्कमुक्त आयात गरिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu