ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानन्यायाधीश शर्माद्वारा पोखराका अदालत निरीक्षण, क्षतिग्रस्त भवन पुनर्निर्माणमा चासो


ABC NEWS
६ भदौ २०८३, शनिबार   ८ : ०५   बजे

पोखरा । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतको निरीक्षण गरेका छन्। उनले दुवै अदालतको निरीक्षण गर्दै न्याय सम्पादन तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका हुन्।

प्रधानन्यायाधीश शर्माले गत वर्षको ‘जेनजी’ आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त अदालत भवनको समेत अवलोकन गरेका सर्वोच्च अदालतका उपरजिस्ट्रार राजेन्द्र पौडेलले जानकारी दिए।

‘जेनजी आन्दोलनका क्रममा क्षति पुगेका अदालत भवनको अवलोकन तथा अनुगमनका सिलसिलामा प्रधानन्यायाधीश पोखरा आइपुग्नुभएको हो,’ उनले भने, ‘शनिबार उहाँले उच्च अदालत पोखरा, बागलुङ इजलास, जिल्ला अदालत बागलुङ र जिल्ला अदालत म्याग्दीको पनि निरीक्षण गर्नुहुने कार्यक्रम छ।’

जेनजी आन्दोलनका क्रममा उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा आगजनी हुँदा भवन तथा भौतिक संरचनामा क्षति पुगेको थियो।

अदालत भवनमा क्षति पुगेपछि न्याय सम्पादन तथा समग्र सेवा प्रवाहमा कठिनाइ भइरहेको अवस्थामा प्रधानन्यायाधीश शर्माले भवन पुनर्निर्माणको काम अघि बढाउन पहल गरेको उपरजिस्ट्रार पौडेलले बताए।

प्रधानन्यायाधीश शर्माले नेपाल बार एसोसिएसन, पोखरा महानगरपालिकाका प्रतिनिधिलगायत सरोकारवालासँग कास्की जिल्ला अदालतको भवन निर्माणका लागि जग्गा व्यवस्थापनलगायत विषयमा छलफलसमेत गरेका छन्।

भवनमा क्षति पुगेपछि उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतले हाल अस्थायी संरचनाबाट इजलास सञ्चालन गर्दै आएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

गलत मेडिकल रिपोर्ट पनि भ्रष्टाचार हुन सक्छ, सर्वोच्चले चिकित्सकको ‘पेसागत उन्मुक्ति’को सीमा तोक्यो

सम्बन्धित

भोकै नबसी पनि तौल घटाउन सकिन्छ ? ‘सही खाना छनोट’बारे नयाँ अध्ययनको सन्देश

पेटभित्र क्याप्सुलमा लुकाएको १५० ग्राम सुनजस्तो धातु पाँच दिनपछि बरामद

ट्रम्प प्रशासनले ९० दिनका लागि ‘ग्राउन्ड बिफ’ आयातमा भन्सार छुट दियो

गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसल असोज २ र ३ गते हुने

नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण

भारतमा चिनीको मूल्य ४० प्रतिशत बढ्यो, १० लाख टन चिनी शुल्कमुक्त आयात गरिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu