बझाङ, २३ वैशाख । शनिबार आएको अविरल बर्षाका कारण आएको खहरे खोलाले बगाउँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थलारा गाउँपालिका ४ का ३० वर्षीय हर्क विक, हर्क विककी श्रीमती २५ वर्षीय डल्लीदेवि विक, बर्ष ३५ की कलसा विक, बर्ष १२ की मनिसा विक र बर्ष ३ को सक्षम विक रहेका छन् । स्थानिय बजार ढोड्याखेत बाट घर फर्कने क्रममा गाँउको बिचमा भएर बग्ने बुको खोलाले बगाउँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । खहरे खोलाले बगाएका ५ जना सबैको शव फेला परेको छ ।
प्रतिक्रिया दिनुहोस्