ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालीमा आँखा नलागोस् भन्दै सन्नीको पोस्टर खेतमा राखेपछि..


admin
२३ बैशाख २०७५, आइतबार   ४ : २७   बजे

काठमाडौं, २३ वैशाख । भारतका एक अन्धविश्वासी किसानले आफ्नो बालीमा कसैको आँखा नलागोस् भन्दै भारतीय नायिका सन्नी लियोनको पोस्टर खेतमा राखेका छन् । अझ उनलाई मान्ने हो भने पोर्नस्टारको पोस्टर राखेकै कारण उनको बालीमा जादुसमेत हुँदै आइरहेको छ ।

भारतको आन्ध्र प्रदेशका ४५ वर्षे चेन्चु रेड्डी नामका भारतीय किसानले बुख्याँचाका रूपमा सन्नी लियोनको ठूलो पोस्टर आफ्नो दस एकड खेतमा राखेका छन् । गाउँलेका राक्षसी आँखा पन्छाउन पूर्व पोर्नस्टार रहेकी सन्नी लियोनको फोटो उपयुक्त हुने भन्दै रेड्डीले खेतमा यस्तो अभ्यास गरेको बताउँछन् ।

पोस्टरमा सन्नी रातो बिकिनीमा सजिएकी छिन् । उनको पोस्टरमा लेखिएको छ ‘महासय मलाई देखेर नचिढिउँ ।’

हिन्दूस्तान टाइम्ससँग बोल्दै रेड्डीले सन्नीका ठूला वक्षस्थलकै कारण आफ्नो खेतमा कमाल हुँदै गइरहेको बताएका छन् । सन्नीको पोस्टर राखेसँगै उनको खेतका ठूला काउली र बन्दागोभीमा कसैको नजर नलागेको उनी सुनाउँछन् । भन्छन्, ‘वर्षेनी मेरो बाली खस्कँदै गइरहेको थियो । बाली पनि राम्रो भएको थिएन । केही समय बाली राम्रो हुन्थ्यो अनि फेरि बिग्रन्थ्यो । यो वर्ष मात्रै मैले मेरो खेतभरिबाट राम्रो मुनाफा आर्जन गरेँं । पोस्टरकै कारण गाउँले र बटुवाहरुको चासो पनि बढेको छ ।’

रेड्डी थप्छन्, ‘राक्षसी आँखा भगाउन मैले सन्नीको ठूलो फ्लेक्स लगाएको हुँ । आजभोलि यसले कमाल गरेको छ । सबैजना सन्नीलाई मात्र हेर्छन् । मेरो बालीमा आँखा लगाउँदैनन् ।’ भारतको अन्य ठाउँमा पुतली र फलामका टिनलाई बुख्याँचाका रूपमा खेतमा राख्ने चलन छ ।

कतिपयले आफूलाई सन्नीको उक्त कामुक तस्बिर हटाउन लगाए पनि रेड्डी आफ्नो अडानमा कटिबद्ध छन् । रेड्डी भन्छन्, ‘सरकारी अधिकारीहरुसमेत हाम्रो खेतबारीको समस्याबारे चासो राख्दैनन् भने अरूलाई किन टाउको दुखाई र?’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group