ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जन्मथलोमा घर खोज्दै प्रचण्ड


admin
२४ बैशाख २०७५, सोमबार   ६ : ४२   बजे

पोखरा, २४ वैशाख । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जन्मस्थान कास्की हो । जन्मेको केही बर्षमै बाबुसंगै कास्कीबाट चितवनको शिवनगर झरेका प्रचण्डलाई अहिले जन्मथलोको याद अलि बढी नै हुन थालेको छ । प्रचण्डले आफु जन्मेको ठाउंमा पुनः घरघडेरी जोड्न चाहेका छन् ।

जन्मस्थानको मायाले हो वा अन्य कुनै कारणले, प्रचण्डको कास्की लगाव अहिले अलि बढ्न थालेका छ । कतिपय सन्दर्भमा जीवनको उत्तरार्धमा जन्मेकै ठाउँमा दिन बिताउने चाहना व्यक्त गर्ने गरेका प्रचण्डले आफ्नो जन्मस्थान कास्कीको अन्नपूर्ण गाउपालिका १ मा रहेको लेवाडेमा घर बनाउने र पोखरा आएको बखतमा त्यही घरमा बास बस्ने बताउनथालेका छन् । यही उद्देश्यका लागि प्रचण्डले लेवाडेमा आफ्ना बाबु मुक्तिराम दाहालले बेचविखन गरेको जग्गा पुनः किन्न चाहेका छन् । कास्की छाडेर चितवन बसाई सरेका प्रचण्डले जीवनको उत्तरार्धमा आफ्ना दाजुभाइसंग जीन्दगी विताउने बाचा समेत गरेका छन् ।

जग्गा खोज्न लेवाडे पुगेका उनले आफ्नो योजना अनुरुप नै जन्मस्थानमा घर बनाउने र पोखरा तथा आसपास आउदा लेवाडेमा बनाउने घरमानै बास बस्ने बताएका छन् । आफ्ना खलक तथा लेवाडेबासीसँग प्रचण्डले कास्कीको हेम्जा पुग्ने बित्तिकै बचपनको याद आउने, बचपनमा घट्टेखोलामा बाख्रा गाइ चराउने र सांझपख घर पर्कदा निगालोको सिठा टाउकोमा बोकेर उकालो लागेको सम्झना आउने स्मरण गरे । पुरानो यादलाई स्मरण गराउनकै लागी पनि जन्मस्थानमा घर बनाउने उनको विचार रहेछ । प्रचण्डले आफु प्रधानमन्त्री हुँदा र सरकारमा रहंदा पनि जन्मस्थानको लागि केही गर्न नसकेको भन्दै माफी समेत मागे ।

प्रचण्डको यो निर्णयले आफ्नो गाउपालिकाले मुहार फेर्नेमा आफु ढुक्क रहेको अन्नपूर्ण गाउपालिकाका अध्यक्ष युवराज कुंवर बताउंछन् । पहिले पहिले पनि प्रचण्डलाई आफ्नो जन्मस्थानमा बिकासका कार्यक्रमसंगै जनतासंग प्रत्यक्ष सरोकार राख्ने खानेपानी, सिचाइ, बिद्युत लगायतका क्षेत्रमा सहयोग गर्न आग्रह गरेको वताउदै कुंवरले प्रचण्ड स्वयं आफै जन्मभुमिमा आएर घर बनाउने भएपछि सिंगो अन्नपूर्ण गाउपालिकामा खुसीयाली छाएको बताए ।

त्यसो त माओवादी अध्यक्ष प्रचण्डले पार्टीको निर्णय अनुसारनै आफ्नो जन्मस्थानमा घर बनाउने तयारीमा रहेको कास्कीका माओवादी नेता तथा प्रदेश सांसद दिपक कोइरालाले वताए । प्रचण्डको मात्र नभइ नेपालको युगान्तकारी क्रान्तिका नायकको घर हुने भएकाले पनि पर्यटनमा समेत थप टेवा पुग्ने उनले विश्वास गरे ।

अध्यक्ष प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र चितवनमा बारम्बार पुग्ने गर्छन् । चितवनसंगसंगै अब जन्मस्थान कास्कीमा पनि उनी जान चाहन्छन् । घरबारबिहीन जस्तै अवस्थामा रहेका प्रचण्डले जीवनको उत्तरार्धमा कमसेकम ओत लाग्ने घर खोज्नुलाई सकारात्मक रुपमै लिन सकिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनलाई किन संसद् मन पर्दैन ?

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group