काठमाडौं, २५ वैशाख । बलिउड अभिनेत्री सोनम कपुर मंगलबार आफ्ना प्रेमी आनन्द आहुदासँग विवाह वन्धनमा बाँधिएकी छिन् ।
सोनम कपुर प्रख्यात अभिनेता अनिल कपुरकी छोरी र अभिनेत्री पनि भएकोले भारतीय मिडियाले उनको विवाहलाई निकै महत्व दिएका छन् ।
उनको विवाह शिख धर्म अनुसार सम्पन्न गरिएको छ । विवाहमा उनले फेसन डिजाईनर अनुराधा भकिलले डिजाईन गरेको पहिरन लगाएकी छिन् । भकिलले सोनमको लेहेँगा १८ महिना लगाएर बनाएको यस अघि नै बताईसकेकी छिन् ।
सोनमलाई शुभकामना दिन चर्चित सेलिब्रेटिहरु वैवाहिक समारोहमा पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्