जनकपुर २६ वैशाख । बुधबार बिहान आएको हावाहुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिन पछि हुन लागेको जनकपुर भ्रमणका लागि बनाइएको स्वागत द्वार उडाएको छ ।
वर्षासँगै आएको हावाहुरीले मोदी स्वागतका लागि आयोजकले बनाएको स्वागत द्वार ढलेको हो । मोदीको अभिनन्दन हुने रंगभूमी बाह्र बिगाह मैदानमा पानी जमेको छ । त्यस्तै बुधवार बिहान आएको हावाहुरीले घर भत्किँदा धनुषामा एक जनाको ज्यान गएको छ ।
घर भत्किँदा च्यापिएर धनुषा क्षिरेश्वरनाथ नगरपालिका–५ अर्जनमा बस्ने ५८ वर्षका दुखीदास तत्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा सुतिरहेको बेला घर भत्किँदा च्यापिएर घटना स्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक रामनरेश सिंहले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्