काठमाडौं, २६ वैशाख । आज वुधवार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल हुँदैछ । संघीय संसदमा आगामी बजेटको सिद्धान्त र प्राथमिकता पेश हुनुअघि सत्तारुढ अध्यक्षद्धय विच भेटवार्ता हुने भएको छ । ओली र दाहालबीच बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अहिले केहीबेरमा छलफल हुँदैछ ।
बजेट निर्माणका क्रममा एमाले मात्रै हावी भएको भन्दै माओवादी केन्द्रका सांसदले आपत्ति जनाएपछि दुई अध्यक्षबीच छलफल हुन लागेको स्रोतले बताएको छ । माओवादी केन्द्रको संसदीय दलको बैठकले बजेट निर्माणका क्रममा एकलौटी हुन नदिन विशेष ख्याल गर्न पार्टी अध्यक्ष दाहालको ध्यानकर्षण गराएका थिए ।
सरकारमा सहभागी दुई दलको समान धारणा बनाएर मात्रै बजेट ल्याउनुपर्ने उनीहरुको भनाई छ । बजेटको सिद्धान्त र प्राथमिकताबारे साझा धारणा बनाउन दुई अध्यक्षबीच छलफल हुन लागेको माओवादी केन्द्रका नेता एवं सांसद अग्नि सापकोटाले जानकारी दिनुभयो । दुई दलबीच पार्टी एकता प्रक्रियामा समेत अन्योल भइरहेका बेला पछिल्लो समय बजेट निर्माण प्रक्रियालाई लिएर मतभेद देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्