ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदीको सुरक्षामा अत्याधुनिक उपकरण


एबीसी न्यूज
२६ बैशाख २०७५, बुधबार   १ : ४१   बजे

 

काठमाडौं, २६  वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको सुरक्षाका लागि सुरक्षा निकायले उपलब्ध अत्याधुनिक उपकरण प्रयोग गर्ने भएको छ।

मोदी भ्रमणको बाहिरी सुरक्षा घेरामा रहने प्रहरीले आफुसँग उपलब्ध उपकरण प्रयोगका लागि मंगलबार एउटा प्राविधिक टोली जनकपुर पठाएको हो। प्रहरीले मोदीको स्र्कटिङमा ३ वटा जामर, र्यापिड कम्युनिकेशन सिस्टम (आरसीएस), भेइकल एण्ड नम्बर स्क्यानर, डिजिटल रेडियो सिस्टम लगायतका उपकरण प्रयोगमा ल्याउने भएको हो।

राष्ट्र प्रमुखकाे भ्रमण भएकाले उपलब्ध सबै प्रविधीकाे प्रयाेग हुने डिअाईजी ठुले राईले बताए। ‘प्रविधिकाे सहयाेगमा सुरक्षा मजबुत पारिनेछ’, माेदी सुरक्षाकाे जनकपुर कमाण्ड सम्हालिरहेका उनले भने।

एस्कर्टिंगमा ज्यामर
भारतीय प्रधानमन्त्री मोदीको जनकपुर र काठमाडौं भ्रमणकाक्रममा उनको साथमा मोबाईल फ्रिकेवन्सी जाम गर्न प्रयोग हुने ज्यामरसहितको सवारी साधन रहने छ। मोदी कारगेट ( सवारीमा रहने अगुवा, पछुवा गाडीको लस्कर) को बीचमा जामर रहनेछ।अत्याधुनिक जामरले सय मिटरवरपरको क्षेत्रमा मोबाइल, डिजिटल डिभाइसलगायत विद्युतीय उपकरण निष्क्रिय पारी सञ्चार सम्पर्क विच्छेद गरिदिन्छ। रिमोट कन्ट्रोल र अन्य त्यस्तै डिभाइसलाई निश्क्रिय बनाइदिन्छ।

यी डिभाइस बम विस्फोट खतरा टार्न उपयोग गरिएको हो। मोदी जाने जानकपुर, काठमाडौं र मुस्ताङको एस्कर्टिङमा पनि ज्यामर प्रयोग हुनेछ।

सुरक्षा सर्तकताका लागि आरसीएस
मोदीको सुरक्षा सर्तकताका लागि जनकपुर र काठमाडौंमा उनी जाने रुटको भिडियो लाईभ सहितको र्यापिड कम्युनिकेशन सिस्टम तयार भएको छ । प्रहरीले मंगलबार ५० थान आरसीएस सेट जनकपुर पठाएको छ। त्यसको लाइभ फिड प्रहरी प्रधान कार्यालयले लिनेछ।

वाकीटाकी जस्तो उपकरण आरसीएसबाट क्लोज सर्किट क्यामराको कभरेज नभएका ठाँउको गतिविधि भिडियो फोरम्याटमा प्रत्यक्ष कन्ट्रोल सेन्टरमा रहेका मोनिटरमा आउने छ। कमाण्ड सेन्टरमा रहेका अधिकारीले सो भिडियोका आधारमा सुरक्षामा खटिएका अधिकारीलाई आवश्यक निर्देशन र सुरक्षा रणनीति तत्काल परिवर्तन गर्न सक्नेछन्। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणमा प्रयोगमा ल्याइएको यो उपकरण प्रभावकारी रहेको सुरक्षामा खटिएका प्रहरी अधिकारीको अनुभव छ।

भेइकल र नम्बर स्क्यानर
सवारी साधनको नम्बर प्लेटको बिवरणको भिडियो रेर्कडसहित सवारीसाधन एक्सरे गर्ने उपकरण यसपटक मोदी भ्रमणमा प्रयोग हुनेछ। भेइकल एण्ड नम्बर स्कयानरले गाडीको सबै पार्टको एक्सरे गर्नेछ। यो उपकरण कार्यक्रम स्थलमा आउने सवारीसाधनको जाँचमा प्रयोग हुनेछ।

डिजिटल रेडियो सेट
प्रहरीले प्रयोग गरिरहेको एनालग पद्धति सेट बाहेक व्याकअपका लागि डिजिटल रेडियो सेट समेत सुरक्षाका लागि प्रयोग हुनेछ। भ्रमण अवधीका लागि एउटा च्यानलमा सुरक्षाकर्मीबिच सम्पर्कका लागि यो प्रविधि प्रयोग हुनेछ। यस बाहेक नियमित रुपमा मेटल डिटेक्टर, वाक थ्रु गेट र अन्य उपकरणको प्रयोग हुने मोदी सुरक्षामा खटिएका अधिकारीले बताएका छन्। भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार र शनिबार नेपालको औपचारिक भ्रमण गर्दैछन्। स्रोत समाचार एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group