ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३३ केजी सुनकाण्ड : थुनछेक बयान सकियो , थुनामै राखेर सुनुवाई गर्ने कि धरौटी वा तारेखमा राखेर गर्ने भन्ने बहस सुरु


एबीसी न्यूज
२७ बैशाख २०७५, बिहिबार   ७ : ०४   बजे

 

काठमाडौं, २७ वैशाख । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका अभियुक्तले अदालतमा बयान फेरेका छन्। प्रहरीले पक्राउ गरी अदालत पुर्‍याएका ३० अभियुक्तको थुनछेक बयान मंगलबार साँझ सकिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए।
अदालतमा ८ प्रहरीसहित ३० जना अभियुक्तले यसअघि छानबिन समितिलाई दिएको भन्दा फरक बयान दिएका छन्।

मोरङका जिल्ला न्यायाधीवक्ता पुण्यप्रसाद पाठकका अनुसार उनीहरूले प्रहरी र छानबिन समितिलाई दिएको बयानभन्दा न्यायाधीश समक्ष दिएको बयान फरक छ।

‘बयान सबैले फेरेका छन्। उनीहरुसबैले अनुसन्धान अधिकारीलाई दिएको र समितिलाई दिएको बयान भन्दा न्यायाधीशसमक्ष दिएको बयान फरक छ। हामीले सुन तस्करी गरेको हैन, त्यसबारे थाहा छैन, जान्दैनौं, घटनाबारे जानकारी छैन जस्ता कुराहरु भनेका छन्,’ उनले भने। एक हप्ताअघि जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनीहरुको बयान सुरू भएको थियो।

जिल्ला सरकारी वकिल कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको भन्दै नेपाल प्रहरीका ९ अधिकारी र तस्करको समूह गरी ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। ६३ मध्ये प्रहरीले पक्राउ गरेका ३० अभियुक्तको बयान सकिएको हो।
उनीहरुलाई थुनामै राखेर सुनुवाई गर्ने कि धरौटी वा तारेखमा राखेर गर्ने भन्ने बहस आजदेखि सुरु हुनेछ।

३० अभियुक्तका तर्फबाट बहस गर्न भन्दै ४३ जना वकिलले अहिलेसम्म वकाल नामा बुझाएको स्रेस्तेदार दुलालले जानकारी दिए।

उनीहरुविरुद्ध ८ सरकारी वकिलले बहस गर्नेछन्। मोरङ सरकारी वकिल कार्यालयका प्रमुख पुण् प्रसाद पाठकका अनुसार सुनकाण्डमा बहस गर्न २ सहन्यायाधीवक्ता २ उपन्यायाधीवक्ता, २ जिल्ला न्यायाधीवक्ता र २ जना सहायक जिल्ला न्यायाधीवक्ताको टिम बनेको छ।

सहन्यायाधीवक्ता गोपाल रिजाल, चिरन्जीवी पराजुली, उपन्यायाधीवक्ता हिमालय त्रिताल, मनोज आचार्य, जिल्ला न्यायाधिवकेता पुण्य प्रसाद सापकोटा,पुण्यप्रसाद पाठक, सहायक जिल्ला न्यायाधीवक्ता रोहित पोखरेल र पदम वस्तीले सरकारको तर्फबाट बहस गर्ने छ।

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको समितिले २०७० सालयता चुणामणि उप्रेतीको समूहले झन्डै ३८ क्विन्टल (३७ लाख ९९ हजार ५ सय ५९ ग्राम) सुन तस्करीमार्फत नेपाल भित्रिएको निष्कर्ष निकालेको थियो।

यही निष्कर्षका आधारमा जिल्ला सरकारी वकिलको कार्यालले ९ प्रहरी सहित ६३ जनाविरुद्ध अभियोगपत्र दायर गरेको हो। उनीहरुसँग १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसाको बिगो माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, विदेश जाने सेवाग्राही सबैभन्दा बढी मारमा

सरकारी सफ्टवेयरका लागि छुट्टै केन्द्र, ३० स्थायी कर्मचारी रहने

सम्बन्धित

मुक्तिनाथदेखि कोरला नाकासम्म : बालेन पुगेको मुस्ताङ किन यति संवेदनशील छ?

व्यवसायीको चिन्ता : ‘बजारमा माग छैन, लगानीकर्ता त्रसित छन्’

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गराउन डोजर चलाइँदै

शंखमुल होस्टल हत्याकाण्ड : मृतक र आरोपितमध्ये एक युवक अघिल्लो रात सँगै बाहिरिएको खुलेको

भोकै नबसी पनि तौल घटाउन सकिन्छ ? ‘सही खाना छनोट’बारे नयाँ अध्ययनको सन्देश

पेटभित्र क्याप्सुलमा लुकाएको १५० ग्राम सुनजस्तो धातु पाँच दिनपछि बरामद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu