काठमाडौं , २७ वैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दुई दिने नेपाल भ्रमणमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा कुनै कन्जुस्याई गर्न नहुने बताएका छन् । मोदी नेपाल नेपाल आउदा पाहुना हुनहुन उनको स्वागतमा कुनै तुक नराखौं,तर सरकारले भारतसमक्ष राष्ट्रिय हितका कुरा प्रष्टसँग राख्न सक्नु पर्ने बताए ।
संसदमा विशेष समय लिएर बोल्दै भट्टराईले रिस उठेको बेला उफ्रने र खुसी भएको बेला आत्मसर्मपण गर्ने शैली गलत भएको बताए । अतिथी देवो भवः भन्ने नेपाली संस्कार नै भएको भन्दै उनले मोदीको स्वागतमा कन्जुस्याई गर्न नहुने बताए ।
नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका भट्टराईले भने,‘ओलीजीले मोदीजीलाई भन्नु पर्यो, काठमाडौंको कुर्सीबाट भारतले के चाहन्छ र दिल्लीको कुर्सीबाट नेपालले के चाहन्छ ?’ भट्टराईले भने, ‘दुवै देशको हितमा कुरा हुनु पर्छ ।’ अघि भने, ‘भारत के चाहन्छ, हामी पूरा गछौं । नेपाल के चाहन्छ, तपाई पुरा गर्नुस् । यत्ति भने पुग्छ ।’
प्रतिनिधिसभामा बोल्दै भट्टराईले भने, ‘पृथ्वीनारायण शाहको बेलामा ढुंगा थियो होला तर अहिले विकास गरेर दुवै छिमेकी महासागर बनिसकेका छन् । अब हामीले दुवै देशबाट लाभ लिनुपर्छ ।’ छिमेकी मुलुकसँगको सम्बन्ध सुधार नगरी सम्वृद्ध मुलुक बनाउन नसकिने उनले बताए । त्यसमा भारतसँग विशेष सम्बन्ध रहेको उनले बताए । डा भट्टराईले भारतसँग मात्रै होइन चीन, अमेरिका र अरु ५० औं मुलुकसँग विप्पा सम्झौता गर्न आग्रह गरे । ‘पुजी आयात गरौं, बस्तु निर्यात गरौं,’ भन्दै भट्टराईले छिमेकी मुलुकहरुबाट पुँजी ल्याउन आग्रह गरे ।
गत निर्वाचनमा नयाँ शक्तिले राष्ट्रिय पार्टीको मान्यता पाउन नसकेपछि स्वतन्त्र हैसियतमा रहेका बाबुरामले पहिलो पटक सम्बोधन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्