ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुन अक्षरको व्यक्तिको स्वभाव कस्तो ? ज्योतिष विज्ञान के भन्छ..


admin
२७ बैशाख २०७५, बिहिबार   ३ : २१   बजे

काठमाडौं, २७ वैशाख । ज्योतिष विज्ञानले मानिसको नामको सुरु हुने अक्षरबाट उसको व्यक्तिव कस्तो हुन्छ भन्ने व्याख्या गरेको छ । जस अनुसार निम्न अक्षरबाट सुरु हुने व्यक्तिको मनोविज्ञान र स्वभाव तल उल्लेख गरे अनुसार हुन्छ ।

चु चे चो ला 

यी अक्षरबाट नाम भएकाहरु राजकाजी, तेजश्वी, धार्मिक, लोकप्रिय, बुद्धिमान, चतुर, धनी, पशुबिशेषज्ञ , ब्यापारबाट लाभ, स्पष्टवादी, स्त्री कृपा पाउने, चरित्रवान र केही हदसम्म रिसाहा हुन्छन्।

लि लु ले लो

यी अक्षरबाट नाम भएकाहरु ईश्वरभक्त, स्वार्थी, चतुर, सत्यबादी, बिजय गर्ने, निरोगी, भाग्यवादी, धनी, धेरै स्वाद रुचाउने, प्रयाशी, धेरै बिचार गर्ने, अस्थिर बुद्धि भएका हुन्छन्।

अ इ उ ए 

पाप धर्मको वास्ता नगर्ने, तेजश्वी, अधिक खाने, थोरै बोल्ने, आशाबादी, असल ब्यक्तित्व, क्रोधी, मुद्दा मामिला परिरहने,कामुक यी अक्षरका व्यक्तिहरु हुन्छन्।

ओ बा बि बु 

पितृभक्त, दाता, गुणको कदर गर्ने, पवित्र भावना, सभ्य, मधुरभाषी, दृढ, प्रतीज्ञ, तीब्र स्मरणशक्ति, बौद्धिक कार्यमा अग्रसर, सदैव कार्यमा तत्पर रहने खालको व्यक्तित्व यी अक्षरका व्यक्तिको हुन्छ।

बे बो क कौ 

धैर्यशील, कुशलबक्ता, प्रेमी, उत्साही, सौम्य, प्रकृति, कोमल स्वभाव, बिबेकी, केही स्वार्थी, अभिमानी, धर्मात्मा, भावुक, भ्रमणशील, सामान्य धनी, चञ्चल, बिद्धान, बिदेशबाट लाभ, देशभक्त हुन्छन्।

कु ध छ 

यी अक्षरका व्यक्तिहरु पापात्मासंग संगत नगर्ने, क्रोधी, शेखी गर्ने, ब्यभिचारी, नाशवान, धन उडाउने, चञ्चल प्रकृति, बलवान, सार्वजनिक काममा शक्ति खर्चने खालका हुन्छन्।

के को ह ही 

सुखी, सुशील, सन्तोषी, राजभक्त, तान्त्रिक बिचार भएको , परम्परावादी, प्राय रोगी, धेरै पानी पिउने, धार्मिक, स्वार्थी, मातृभक्त, पितृसेवक, परदेशबाट धम कमाउने खालका व्यक्तिहरु हुन्छन्।

हु हे हो हा 

कार्य कौशल, बुद्धिमान, दाता, ब्यापार रुचाउने, सत्यबक्ता, नेतृत्व गुण, शान्त स्वभाव, चतुर, ईश्वरभक्त, राजाबाट मान पाउने, दयालु, शासन ब्यबस्थामा संलग्न रहने खालका व्यक्ति हुन्छन्।

डि डु डे डो 

छल बिद्या जान्ने, मुर्खतापूर्ण काम गर्ने, केही धुर्त, क्रोधी, स्त्री स्वभाव, अविश्वासी, दुराचारी, झुठ बोल्ने खालका व्यक्तिहरुको स्वभाव हुन्छन्। ।

म मी मु मे 

भोगी, सत्यबादी, पितृभक्त, बिद्धान, अल्पशक्ति, योजनामा सफल, धनी उद्यमी, महिला सौन्दर्यमा रहने, धार्मिक, अभिमानी, शान्त, साहसी, अरुको डाहा गर्ने,झगडालु, गम्भीर तर क्रोधी स्वभावका व्यक्ति हुन्छन्।

मो टा टी टु

पुण्यवान, दानबीर, भ्रमणशील, चञ्चल, त्यागी, स्त्रीवंश, नृत्यप्रेमी, असल काम गर्ने, स्थिर, मुद्दा मामिलामा समय खर्च गर्ने, आशाबादी, रोगी, गुप्त दुराचार गर्ने खालका व्यक्तिहरु हुन्छन्।

टे टो प पी

लोकप्रिय, शिक्षा शास्त्री, ज्योतिषप्रेमी, अभिनेता, बुद्धिमान, अधिक सन्तान जन्माउन रुचाउने, मधुरभाषी, पत्नीसंग बेमेल गर्ने खालको स्वभाव व्यक्तिमा हुन्छन्।

पु प ण ठ 

निर्दयी, अविश्वासी, भ्रमणशील, निडर, शान्त, क्रोधी, बिज्ञानबादी, प्रभावशाली, झुठको खेती गर्ने, बिद्रोही स्वभाव, लक्ष्य साधक, राज्य सखी, आध्यात्मिक, शत्रुनाशक व्यक्तिहरु हुन्छन्।

पे पो रा री 

दयालु, पराक्रमी, ब्यबसायी स्वभाव, लजालु, कलापारखी, अभ्यासी, महेनती, दक्ष, रिसाहा, स्त्री प्रेमी, लामो आयु भएका व्यक्तिहरु हुन्छन्।

रु रे रा ता 

शुभ, बिद्धताको कदर गर्ने, नियन्त्रक, धर्मात्मा, नेतृत्व गुणले भरिपुर्ण, प्रियभाषी, सत्यबादी, राज्यद्धार मान प्राप्ती गर्ने, संधै प्रसन्न , धनी, स्वतन्त्र बिचार, हठी, तीब्र बिचार शक्तिले युक्त व्यक्तित्व हुन्छन्।

ती तु ते तो 

लोभी, कामुक, घमण्डी, क्रोधी अरुलाई दुख दिने, कलहप्रिय, ब्यबसायिक, बुद्धि, असत्यभाषी, स्त्रीको बशमा रहने, सुन्दर मुहार, प्रभावशाली ब्यक्तित्व, शक्तियुक्त स्वभावका व्यक्तित्व हुन्छन्।

ना नी नु ने 

नैदेखि आत्मनिर्भर, भ्रमणशील, सुखी, शक्तिशाली, मान प्राप्ती, हास्य प्रिय, छली स्वभावको, स्वार्थी, क्लेश सहने सक्‍ने स्वभावको व्यक्तिको स्वभाव हुन्छ।

नो या यी यु 

सन्तोषी, धार्मिक, न्यायी। स्त्री अशक्त, षडयन्त्रकारी, बनावटी, नाटककार, सुख देखाउने, सर्वेक्षणकारी, सस्तो लोकप्रियता कमाउने स्वभावको, दयालु, दानबीर भएको जस्तो हुन्छन्।

 

जु जे जो खा

यी अक्षरका व्यक्तिहरुले सन्तोषी, तीब्र स्वभावको, भाषण शक्ति भएको, उदार, लेखन शक्तियुक्त, लोकप्रिय, बिद्धतापूर्ण, धनी उच्चपदासिन, धार्मिक खालका हुन्छन्।

खी खु खे खो 

परोपकारी, सद्बिबेकी, भाषण शक्ति भएको, उदार लेखन, शक्तिलेयुक्त, लोकप्रिय, बिद्धतापूर्ण, धनी उच्च पदमा रहने, क्रोधी, रिसाहा, घमण्डी स्वभावका हुन्छन्।

भू ध फा ढा

श्रेष्ठ, मित्रयुक्त, स्वाभिमानी, उपकारी, बिरोधीबाट डराउने,निरन्तर प्रगति गर्ने, प्रेमी, ईश्वरभक्त, क्रोधी, लोभी, अरुको इश्र्या गर्ने खालका हुन्छन्।

भे भो ज जी 

धार्मिक, बहुमित्र, कृतज्ञ, कुसंगतमा लाग्ने, बिद्धानको कदर गर्ने, सर्वप्रिय बन्न चाहने, बिनीत, शान्त स्वभाव, दृढ सकल्पमा रहने, लजालु, निर्दयी खालका व्यक्ति हुन्छन्।

गा गी गु गे 

धनवान, संगीतप्रेमी, ठूलो परिवारको, प्रशिद्ध, उदार, रति , पिपासु, पत्नीद्धारा बिरोध, लोभी प्रकृतिको हुन्छन्।

 

दु थ झ गृ 

कम बोल्ने, निरर्थक, कम कुरा गर्ने, साहसी, भावपूर्ण, कामुक, धनी, पापी, डाहा प्रवृतीको, कमजोर खालका व्यक्तित्व हुन्छन्।

दे दो च ची 

सदाचारी, बिद्धान, साहसी, निरंकुश, लोकप्रिय, निष्ठावान, श्रद्धालु भक्तजन, निर्दयी, क्षमावान, पत्नीभक्त, बिद्धान स्वभाव खालको स्वभाव हुन्छन्।

गो सा सि सु 

सत्यभाषी, साहसी, शान्त स्वभाव, अबिबेकी, निर्दयी, कठोर, कामुक, घमण्डी, कर्तब्यनिष्ठ, मेहेनती, इश्र्यालु खालका व्यक्ति हुन्छन्।

से सो सा दी

चतुर, धनी, लोभी, स्त्रीलाई धोका दिने, निर्लज्ज, धुर्त, भीरु, कमजोर, पापी, अज्ञात, शत्रुबाट डराउने। धोकेबाज, माता पितालाई आदर नगर्ने खालका व्यक्तित्व हुन्छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाको काँकडभिट्टा सीमा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ प्रयोग

नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध भएका देशको संख्या १८४ पुग्यो

सम्बन्धित

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu