काठमाडौं , २८ वैशाख । मौसम पूर्वानुमान महाशाखाले आज शुक्रवार र भोलि शनिवार पनि पानी पर्न सक्ने जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले जनकपुर, मुस्ताङ, पोखरा र काठमाडौंको चारदिने मौसमी सूचना सार्वजनिक गर्दै यस्तो पूर्वानुमान गरेको हो । मुस्ताङमा केही दिनदेखि बेमौसमी हिमपात सुरु भएको यथावत रहने अनुमान गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण हुने स्थलको मौसमी अवस्थाबारे परराष्ट्र मन्त्रालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीको आग्रहमा महाशाखाले मौसमी सूचना सार्वजनिक गरेको हो ।
प्रतिक्रिया दिनुहोस्